arrow

मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षकमा फेरि जयवर्धने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
mahela-jayawardhane.jpg

काठमाडौँ । आईपीएल टिम मुम्बई इण्डियन्सले श्रीलंकाका पूर्व ब्याट्सम्यान महिला जयवर्धनेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

मुम्बई इण्डियन्सले जयवर्धनेलाई पुनः मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । उनी यसअघि २०१७ देखि २०२२ सम्म मुम्बईको प्रशिक्षक थिए । पछिल्लो दुई सिजन मुम्बईको प्रशिक्षक मार्क बाउचर रहेका थिए ।

जयवर्धने प्रशिक्षक हुँदा मुम्बईले २०१७, २०१९ र २०२० मा आईपीएलको उपाधि जितेको थियो । पछिल्लो सिजनमा भने मुम्बई पुछारमा रहेको थियो ।
            



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ