हर्कले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई दिए कार्यबाहकको जिम्मेवारी
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
956
Shares
तस्बिर – फाइल ।
धरान । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई-साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएका छन् ।
बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागूलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएका हुन् ।
धरानका उपप्रमुख अइन्द्रविक्रम बेघासँग सम्बन्ध बिग्रिएपछि साम्पाङले वडाध्यक्षलाई जिम्मेवारी दिएका हुन् । हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने छन् ।
साम्पाङले असोज २३ गते नै वडाध्यक्ष लोकन्द्रकुमार फागूलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि पाँच बुँदामा उल्लेख गरेर यी काम गर्न नपाउने उल्लेख गर्दै मेयरको कार्यबाहक जिम्मेवारी निर्वाह गर्न पत्र दिएका छन् ।