arrow

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, चालक गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
accident-final.jpg

गोरखा । गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारका २० बर्षीय निशान गिरी रहेका छन् ।

निशान मोटरसाइकल पछाडि सवार थिए । उनको आरुघाट आधारभूत स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले जानकारी दिए ।

एपसी पाठकका अनुसार आइतबार राति करिब ८ बजे भीमसेन थापा गाउँपालिका वडा नं ३ सिमलफेदमा बा३६प १५६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । मोटरसाइकल सडकदेखि करिब १० मिटर तल खसेको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक २० बर्षीय रुपेश गिरी गम्भीर घाइते भएका छन् । उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी पाठकले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ