arrow

पीसीबीको बोल्ड निर्णय सही सावित, डेब्युमै शतक हानेर जवाफ दिए घुलामले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
kamran-ghulam-pak-24-10-15-debut-100-getty-images.jpg
तस्बिर – गेट्टि इमेजेज ।

काठमाडौँ । पाकिस्तानका क्रिकेटर कमरान घुलामले टेस्ट क्रिकेटको डेब्यु खेलमा शतक प्रहार गरेका छन् । इङ्गल्याण्डविरुद्ध मुल्तानमा मंगलबारदेखि शुरु भएको दोस्रो टेस्टमा डेब्यु गरेका घुलामले पहिलो खेलमै शतक प्रहार गरेका हुन् । 

२९ वर्षीय घुलाम टेस्ट क्रिकेटको डेब्युमा शतक प्रहार गर्ने विश्वका १३ औँ खेलाडी हुन् । उनले २२४ बलको सामना गर्दै १ छक्का र ११ चौकाको मद्धतले ११८ रन बनाए । 

घुलामले पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) को बोल्ड निर्णयको सम्मानसमेत गरेका छन् । पीसीबीले इङ्गल्याण्ड विरुद्धको दोस्रो टेस्टमा निवर्तमान कप्तान बाबर आजमसहित चार खेलाडीलाई टिम बाहिर राखेर बोल्ड निर्णय गरेको थियो । 

सिनियर खेलाडीलाई स्टारडमको भरमा मैदानमा रहिरहन दिएर कुनै अर्थ नरहने पीसीबीको निर्णयलाई घुलामले शतक बनाएर सार्थक तुल्याएका हुन् । 

बोर्डले बाबरसहित नसीम शाह, सरफराज अहमद र शाहीन शाह अफ्रिदीलाई बाहिर राखेको हो । त्यस्तै अब्रार अहमद भने डेंगी भएका कारण छनोटका लागि उपलब्ध नभएको बोर्डले जनाएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले हालै बनाएको नयाँ छनोट समितिले बाबरसहितका खेलाडीलाई बाहिर राख्ने निर्णय गरेको हो ।

बाबरले कप्तान पुनः नियुक्त भएको ६ महिनापछि नै इङ्गल्याण्डविरुद्धको टेस्ट शुरु हुनुअघि कप्तानी छोडेका थिए । बाबरले २०२२ को डिसेम्बर यता टेस्ट क्रिकेटमा अर्धशतक बनाउन सकेका छैनन् ।

इङ्गल्याण्डविरुद्धको पहिलो टेस्ट हारेको पाकिस्तानले दोस्रो टेस्ट मंगलबारदेखि खेलिरहेको हो । पाकिस्तानका लागि सइम अयुबले ७७ रन बनाएका छन् ।

पहिलो दिनको समाप्तिसम्म पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २५९ रन बनाएको छ । मोहम्मद रिज्वान ३७ रनमा अविजित रहेका छन् । उनलाई दोस्रो दिन बुधबार सल्मान आघाले ५ रनबाट साथ दिनेछन् । 

पहिलो टेष्टमा भने पाकिस्तान पहिलो इनिङ्समा ५५६ रन बनाएर पनि इनिङ्सले हार बेहोरेको थियो । 

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ