arrow

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
accident-final.jpg

पोखरा । मुस्ताङमा आज साँझ सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका वडा नं ९ आरुचनौटेका ३२ वर्षीय सञ्जय खड्का रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार खड्का सवार मोटरसाइकललाई कारले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल जोमसोम ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

खड्का काठमाडौँबाट अपर मुस्ताङ घुम्न त्यसतर्फ गएका थिए ।

कार चालकलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाही प्रक्रिया अघि बढाइएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ