arrow

एमालेले मीनबहादुर गुरुङको जमीनमा पार्टी कार्यालय बनाउन लागेकोप्रति विश्वप्रकाशको गम्भीर टिप्पणी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
bishwaprakash-sharma-06-02.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले भाटभटेनीका संचालक मीनबहादुर गुरुङको सहयोगमा उनको जमीनमा पार्टी कार्यालय बनाउन लागेको विषयप्रति टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यले ठूला व्यवसायीलाई भूकम्प प्रभावितलाई घर बनाउन, पुल बनाउन, गाउँमा विद्यालय र स्वास्थ्यचौकी निर्माण गर्न भन्न मिल्ने भन्दै टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू,  राज्यले ठूला व्यवसायीलाई अपील गर्न मिल्छ–भूकम्प प्रभावितलाई हजार घर बनाइदेउ । अनि बाढीले नबग्ने सय पुल ।
गाउँमा शैक्षिक संस्था र स्वास्थचौकी । अझ ठूलो दान लिनेदिने भए –देशलाई ऋणमुक्त बनाउन मुठ्ठी खोलेर साथ देउ, यस्तो पनि त भन्न र गर्न मिल्छ ।’

उनले कांग्रेसले आफ्ना तत्कालीन चार लाख सदस्यको सहयोगमा पार्टी कार्यालय बनाएको उल्लेख गर्दै स्वदेश र विदेशमा रहेका सबै सदस्यले यसप्रति गर्व गर्ने बताए । 

उनले भनेका छन्, ‘स्वदेश र विदेशमा रहेका हरेक कांग्रेस सदस्य गर्व गर्छन्, हाम्रो केन्द्रीय कार्यालय ुहामीलेु बनाएका हौँ । हो, कयौँ व्यवसायीको स–सानो धन पनि यो निर्माणमा जोडिएको छ । तर  मूलत पार्टी सदस्यको मन जोडिएको छ । यो बन्दै गर्दा उस बेलाका ४ लाख बढी कृयाशील सदस्यताको रकम यसमा प्रयोग भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ