arrow

भारत–न्यूजिल्याण्ड टेष्टमा वर्षा वाधक, पहिलो दिन टससमेत भएन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
bangaluru-stadium-rain-24-1.jpg

काठमाडौँ । भारत र न्यूजिल्याण्डबीचको पहिलो टेष्ट क्रिकेटमा वर्षा वाधक बनेको छ । बैंगलुरूमा बुधबार बिहानदेखि शुरु हुनुपर्ने खेल वर्षाका कारण टससमेत नभइ स्थगित भएको छ । पहिलो दिन अन्तिम चिया समयसम्म कुरेर अन्तिममा अम्पायरले पहिलो दिनको खेल स्थगित भएको सुनाएका थिए ।

खेलमा टससमेत हुन सकेको छैन । न्यूजिल्याण्ड तीन खेलको टेष्ट श्रृंखला खेल्न भारत आएको हो । 

आईसीसी विश्व टेष्ट च्याम्पियनशिपमा भारत ११ खेलबाट ७४.२४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने न्यूजिल्याण्ड ८ खेलबाट ३७.५० अंकसहित छैटौँ स्थानमा रहेको छ । 

फाइनल प्रवेशका लागि भारतलाई निरन्तर जीत जरुरी छ भने न्यूजिल्याण्ड लगभग फाइनल होडबाट बाहिरिएको छ । यद्यपि आफू अनुकुल नतिजा पार्नका लागि न्यूजिल्याण्डले अबको सबै खेलमा शानदार फराकिलो अन्तरसहित शतप्रतिशत नतिजा ल्याउनु जरुरी छ । 
 



नयाँ