arrow

दशैपछि नेप्सेमा चमक कायमै, ४३ अंकको वृद्धि 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । बुधबार नेप्से परिसूचक ४३ अंकले बढेको छ । नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा बन्द भएको छ । कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार बराबरको कारोबार भएको थियो ।

बुधबार सबैभन्दा बढी विजय लघुवित्तको शेयर मूल्यमा ९.३३ प्रतिशतले बढेको छ भने इस्टर्न हाइड्रोको शेयर ९.२४ प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा बढी अपार श्यांगे हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै सबैभन्दा बढी नेपाल फाइनान्सको १५ करोड ९ लाख ५० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनिको ७ लाख २९ हजार २७५ कित्ता शेयर कारोबार भएको छ ।

दशैँ बिदापछि लगातार दोस्रो दिन शेयर बजारमा हरियाली छाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ