arrow

हर्कको कार्यबाहक विवाद चुलियो, उपप्रमुखको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
harka-sampang-aaindra-bikram-megha.jpg

धरान । धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई साम्पाङले वडा अध्यक्षलाई कार्यबाहक तोकेपछि विवाद चुलिएको छ । 

मेयर साम्पाङ बेलायत जाने भएपछि उनले वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्रकुमार फागूलाई कार्यबाहक तोकेको विषय विवादित बनेको हो । 

वडाध्यक्षलाई कार्यबाहक तोकेपछि उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाले आपत्ति जनाएका छन् । उपप्रमुख बेघाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्वतः आफू कार्यबाहक हुने दाबी गरेका छन् । 

उनले भनेका छन्, ‘कार्यवाहक तोक्ने कुरामा तजविजी अधिकार नगरप्रमुखलाई छैन । व्यक्तिगत ढंगले कसैलाई लागेर तजविजी प्रयोग गर्ने कुरा हुँदैन । सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने व्यवस्था गरेको छ ।’

अर्को तर्फ वडा नम्बर ११ का वडा अध्यक्ष फागूले हिजोदेखि आफूले कार्यवाहकको जिम्मेवारी सम्हालेको बताए । उनले उपमेयरलाई कार्यबाहक दिनुपर्ने भनेर विवाद आइरहेको पनि बताए । आफूले माग्दै नमागी कार्यबाहक दिइएको बताउँदै फागूले आफूले हिजोदेखि कार्यबाहक सम्हालिसकेको बताएका छन् । 

आफूले कार्यबाहकको जिम्मेवारी बहन गर्दैगर्दा कुनै पनि अवरोध नरहेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत र मेयर राईका स्वकीय सचिवसँगको सहकार्यमा काम भइरहेको उनले बताए । मेयर साम्पाङ आगामी कात्तिक १७ गतेसम्ममा नेपाल फर्किने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ