arrow

भारतमा तीन दिनमा १९ विमानका फ्लाइट्समा बमको धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
Air-India.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतमा अप्रत्याशित रुपले विमानमा बम भएको धम्की बढेको छ । पछिल्लो तीन दिनमा १९ विमानका फ्लाइट्समा बम भएको धम्की दिइएको छ । जसका कारण यो क्षेत्रमा त्रास मच्चिएको छ । 

बुधबार भारतमा उडान भरेका ७ फ्लाइट्समा बम भएको धम्की दिइयो । जसमा इन्डिगोका ४, स्पाइस जेटका २ र अकासाको एउटा फ्लाइट सामेल थियो । 

सोमबारदेखि चलेको यो श्रृंखला बुधबारसम्म आइपुग्दा १९ फ्लाइट्समा बम भएको धम्की मिलेको छ । तर एउटामा पनि बम भने थिएन । 

मंगलबार ७ फ्लाइट्समा बम भएको धम्की आएको थियो । सोमबार भने एउटा फ्लाइटमा बम भएको धम्की आएको थियो । हरेक जाँचमा बमको हल्ला झूटो थियो । 

सुरक्षित अवतरणका लागि कयौँ फ्लाइट्स निर्धारित स्थान भन्दा फरक ठाउँमा अवतरण गर्नुपरेको थियो । 

यसरी निरन्तर धम्की आउन थालेपछि भारतीय केन्द्र सरकारले एयर मार्सलको संख्या दोब्बर गर्ने फैसला गरेको छ । 

फ्लाइट्समा धम्की दिने मामलामा मुम्बई पुलिसले छत्तीसगढका एक नाबालिगलाई नियन्त्रणमा लिएको छ । दिल्ली पुलिसले अहिलेसम्म ६ ओटा एफआरआई दर्ता गरेको छ । धम्की दिने सामाजिक सञ्जालको एकाउन्ट ट्रयाक भइरहेको जनाइएको छ । 

गत ९ अक्टोबरमा पनि बेलायतको लण्डनबाट भारतको दिल्ली आउँदै गरेको फ्लाइटमा बम भएको धम्की दिइएको थियो । 

फ्लाइटबाट दिल्ली आउन करिब साढे ३ घण्टा बाँकी छँदा एक यात्रुले विमानको शौचालयमा धम्की दिइएको टिस्यु पेपर देखेका थिए । उनले तुरुन्त विमानका क्रु मेम्बरलाई सूचना दिएका थिए । 

सरकारले बढाउने एयर मार्सल विशेषगरी बढी गम्भीर क्षेत्रमा खटाइने छ । मार्सलका रुपमा राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी) को युनिट तैनाथ हुनेछ । 

यो युनिटले अपहरण र आतंकवाद गतिविधि रोक्नका लागि काम गर्नेछ । भारतमा एयर मार्सलको तैनाथी सन् १९९९ देखि शुरु भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ