arrow

यो महिना जनता खुशी हुने योग

खाद्यान्हको मूल्य घट्ने, पहेँला धातुको बढ्ने, भाइरल ज्वरो र रुघाखोकीले कष्टकर बनाउने

पश्चिमी पहाडी भूभागमा प्राकृतिक प्रकोपले जनजीवन प्रभावित हुने, इन्धनको मूल्य बढ्ने

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
monthly-horoscope.jpg

काठमाडौँ । बिहीबार संक्रान्ति परेकाले जनता खुशी हुनेछन् । उत्पादन बढ्नुका साथै खाद्यान्हको मूल्य घट्नेछ । दूधको उत्पादन बढ्नेछ । गुरु, ब्राम्हण र योगीको भक्ति बढ्नेछ ।

पश्चिमी पहाडी भूभागमा प्राकृतिक प्रकोपले जनजीवन प्रभावित हुनेछ । शेयर बजारमा उतारचढाव भइरहनेछ । खाद्यान्नबाहेक अन्य उपभोग्य वस्तुको मूल्य सामान्य रहनेछ । पहेँला रंगका वस्तुको मूल्य अझ धेरै बढ्नेछ ।

इन्धनको मूल्य पनि बढ्नेछ । मौसमजन्य रुघाखोकी, ज्वरोले पनि जनजीवन कष्टकर बनाउनेछ । यो महिनाको ३, ४, ५, ६, ७, ८, ९ र १० गते मेघबादल र वर्षाको योग छ ।   
मासिक राशिफल
मेषः
कार्तिक महिना सूर्य र बुध व्यापार र प्रतिस्पर्धा भावमा, शुक्र विद्या भावमा र प्रतिस्पर्धा भावमा, वृहस्पति र शनि भाग्य भावमा, मंगल खर्च भावमा, राहु धन भावमा र केतु कष्ट भावमा गोचर गरिहेका छन् । महिनाभर नै व्यापार भावमा गोचर गर्ने कमजोर सूर्यले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ, ध्यान दिनुहोला । घर परिवार तथा जीवन साथीसँग राय बाजिनेछ । साझेदारी व्यवसायमा लगानी गर्नेहरुका लागि यो महिना साझेदार बीच मनमुटाब बढ्ने योग रहेको छ । घर परिवार, आफ्नो वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरुले विशेष ख्याल गर्नुहोला । तर पनि अन्य ग्रहको अनुकुल प्रभावले थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवश्यक्ता पुरा गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ । छोटो वा लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । शुभ तथा मांगलिक सभा समारोहमा आफन्त तथा साथीसँग सहभागी भई मिठा परिकार खाँदै रमाईलो गफ गरेर महिना कटाउन सकिनेछ । अग्रज तथा आफन्तको आशीर्वादले अगाडि बढ्न प्रोत्साहन गर्नेछ । पढाई लेखाई सुधार भएर जानेछ भने कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । अग्रज तथा आफन्तबाट आशीर्वाद प्राप्त हुनेछ ।

पैतृक काम वा राज्यसँग नजिक भएर गरिने कामबाट मनग्गे लाभ लिन सकिनेछ । कृषि क्षेत्रलाई समय रापेक्ष परिवर्तन गरि आम्दानी बढाउन सकिनेछ । भाग्य भावभा गोचर गर्ने वृहस्पति र शनिको अनुकुल प्रभावले औषधिजन्य, खाद्यान्न र निर्माण सामाग्रीको व्यापारमा वृद्धि हुनेछ । लामो समयदेखि रोकिएर बसेका कुनै पनि कामहरु चालु गर्न सकिनेछ । यस्तै, राज्यपक्षबाट अपमान हुनेछ । तेल, ग्यास, फलाम, खनिजसम्बन्धी कार्य गर्नेलाई नोक्सान हुनेछ । सन्तानबाट असन्तुष्ट हुनेछ । अध्ययनमा अवरोध, प्रेममा अवरोध हुनेछ । फलाम तथा माटोसम्बन्धी कार्य गर्नेलाई हानी नोक्सानी बेहोर्नु पर्नेछ । मनमा नकारात्मक कुरा उत्पन्न हुन सक्नेछन् । आइतबारको दिन सूर्यलाई जल चढाउँदा शुभ रहनेछ । सेना, पुलिस, होटेल, आगोसम्बन्धी कार्य गर्नेलाई नोक्सान रहेको छ । चोटपटक लाग्न सक्नेछ । मावलीपक्षबाट नोक्सान बेहोर्नु पर्नेछ । हनुमान चालिसा पढ्ने गर्दा शुभ रहनेछ । शुभ रङ्ग रातो, शुभ दिशा पश्चिम, शुभ अङ्क १ रहेको छ ।

वृषः कार्तिक महिना सूर्य र बुध प्रतिस्पर्धा र विद्या भावमा, शुक्र सुख र विद्या भावमा, बृहस्पति र शनि कष्ट भावमा, मंगल लाभ भावमा, राहु राशि भावमा र केतु व्यापार भावमा गोचर गरिहेका छन् । यो महिना निकै उत्तम पनि रहेको छ । छैटौँ भावमा महिनाभर नै गोचर गर्ने सूर्यले शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिस्पर्धी पनि सहयोगी बन्नेछन् । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्रस्थानमा आउनेछ । अदालत तथा न्यायलयबाट हुने निर्णय तपाईँकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तिको योग रहेको छ । मातापिता तथा आफन्तबाट आशीर्वाद पाईनेछ । बाधा बिरोध गर्ने आफैं किनारा लाग्नेछन् भने औषधि, खाद्यान्न, निर्माण सामग्रीको व्यवसाय गर्नेले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।

थाँति रहेको तथा अल्झेर बसेका काम धन्दा नियमित रुपमा चालु हुँदा काम गर्न जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा प्रविधिको प्रयोग गरि अरुलाई पछाडि छोड्दै तपार्इँको नाम अग्रस्थानमा आउनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ भने छुट्टिएका प्रेम सम्बन्ध पुनर्मिलन हुने प्रशस्त सम्भावना रहेको छ । खनिज पदार्थ, खाद्यान्न, औषधि तथा निर्माण सामग्रीको व्यापार फस्टाएर जानेछ । कमर्श, वकालत, मन्त्री, प्रशासनिक तथा सरकारी क्षेत्रबाट विशेष फाइदा हुनेछ । फिल्म, मोडलिङ, फेशन डिजाईनिङ, गल्यामरस जस्ता क्षेत्रमा प्रगति गर्ने तथा बिलासी जीवन व्यतित हुनेछ । तर पनि कष्ट भावमा गोचर गर्ने बृहस्पतिले दीर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीले विशेष ख्याल गर्नुहोला । शनिको अढैयाको पनि प्रभाव रहने हुनाले श्वास प्रश्वास, आँखा, टाउकोसम्बन्धी समस्या आउने सम्भावना छ । यस्तै, सरकारी क्षेत्रमा रहेकालाई सामान्य रहेको छ । वैदेशिकसम्बन्धी कार्य शुभ रहेको छ । आमासँग सुख प्राप्त रहनेछ । चोट पटकको सम्भावना छ ।

होटेलसम्बन्धी कार्य गर्नेलाई सामान्य रहेको छ । प्रेममा सफलता रहेको छ । विद्यार्थी वर्गलाई महिनाको शुरुमा लाभ रहेता पनि अन्त्यतिर केही खराब हुनेछ । प्रेस तथा पत्रकारितासम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । विरोधी पक्षबाट पीडा रहेको छ । भोग विलाससम्बन्धी कार्य गर्नेलाई महिनाको शुरुआतीमा राम्रो, महिनाको अन्त्यतिर खराब रहेको छ । कालो शुभ रङ्ग, शुभ दिशा दक्षिण रहेको छ ।

मिथुनः कार्तिक महिना सूर्य विद्या सुख भावमा, शुक्र पराक्रम र सुख भावमा, बृहस्पति र शनि व्यापार भावमा, मंगल व्यय भावमा, राहु खर्च भावमा र केतु प्रतिस्पर्धा भावमा गोचर गरिहेका छन् । सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिए पनि प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । शेयर बजार तथा आर्थिक क्षेत्रमा गरिएको लगानि खस्केर जानेछ । पेट, आँखा तथा टाउकोमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । दीर्घरोगी जस्तै सुगर,प्रेसर र मुटुसम्बन्धी समस्या भएकाका लागि महिना मध्यम छ । खर्च भावमा गोचर गर्ने राहुले स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापार भावमा गोचर गर्ने शनिको प्रभावले साझेदारी व्यवासयमा नयाँ लगानी नगर्नुहोला ।

तर पनि महिनाभर नै बुध, शुक्र, मंगल र बृहस्पतिको प्रभाव भने अनुकुल हुनेछ । अग्रज तथा आफन्तबाट टीका तथा आशीर्वाद पाइनेछ । राज्य संयन्त्रको नजिक जस्तै निजामति, फौजी तथा संस्थानमा र प्राइबेट कम्पनीहरुका काम गर्नेहरका लागि समयले साथ दिनेछ । लेखन कलाको माध्ययमबाट आफ्नो बिचार जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । उपहार तथा चिठ्ठा प्राप्तिको गतिलो योग छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबार केही मात्रामा फस्टाएर जानेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दूरीको यात्राको तय हुनेछ । सञ्चार जगतमा, ईन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाइनिङ, स्टक एक्चञ्ज, चार्टर एकाउन्टेण्ट, ब्यापार, हास्य ब्यङ्ग्य कलाकार, लेखक, साहित्यकार, राजदूत तथा चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागि यो महिना उत्तम छ ।

यस्तै, सन्तानबाट सुख रहेको छ । शारीरिक सुख प्राप्त हुनेछ । अध्ययनमा शुभ रहेको छ । सन्तानलाई खर्च रहने छ । शृङ्गारिकसम्बन्धी कार्यबाट लाभ रहेको छ । विरोधीपक्ष धेरै रहने छन् । सेना पुलिससम्बन्धी कार्य गर्नेलाई सावधानी रहनुपर्ने देखिन्छ । सूर्यको आराधना गर्नु पर्ने देखिन्छ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्राप्त हुनेछ । राज्यपक्षबाट मान सम्मान मिल्ने देखिन्छ । महिनाको शुरुआतीमा आर्थिक स्रोत प्रशस्त मात्रामा देखा पर्नेछन् । राजनीतिक क्षेत्रमा रहेकालाई शुभ फल प्राप्त रहने देखिन्छ । संन्तानदेखि शुभ समाचार सुन्न पाइनेछन् । शुभ रङ्ग पहेँलो, शुभ दिशा उत्तर रहेको छ ।

कर्कटः कार्तिक महिना सूर्य सुख र पराक्रम भावमा, शुक्र धन र पराक्रम भावमा, बृहस्पति र शनि प्रतिस्पर्धा भावमा, मंगल भाग्य भावमा, राहु लाभ भावमा र केतु विद्या भावमा गोचर गरिहेका छन् । सुख भावमा महिनाभर सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मिहेनत गर्नुपर्ने भएकोले राजनीतिकर्मी, समाजसेवी तथा घर जग्गाको कारोबार गर्ने व्यापारीका लागि समय मध्यम रहेको छ । आफ्नो वा आमाको स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला । विद्या भावमा गोचर गर्ने राहुले धार्मिक तथा शैक्षिक यात्रा रोकिन सक्छ । महिनाभर नै बुध, शुक्र तथा मंगलको प्रभाव भने अनुकुल हुनेछ । प्राकृतिक स्रोत र पैतृक धन तथा सम्पतीको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । लेखन कलाको माध्ययमबाट आफ्नो बिचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलासी वस्तुको कारोबार गर्नेका लागि मनग्गे धन सम्पत्ति जोड्न सकिने समय रहेको छ । बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित कारोबार केही मात्रामा फस्टाएर जानेछ । प्रतिस्पर्धा भावमा वृहस्पति र शनिको गोचर शुभ रहने हुनाले औषधीजन्य तथा खाद्यान्न र निर्माण सामाग्रीसँग सम्बन्धित सामानको खरिद बिक्रीमा उल्लेख्य वृद्धि हुनेछ । मातापिता तथा अग्रजबाट आशीर्वाद प्राप्त हुनेछ ।

पानीसँग सम्बन्धित काम जस्तै जलसेना, हाइड्रो ईन्जिनियर, पौडीबाज, तेल प्रशोधन, खेतिपाति, पशुपालन, कृषि, डेरी प्रोडक्सन तथा प्रसासनिक क्षेत्रमा यो महिना काम गर्नेका लागि समय उत्तम रहेको छ । यस्तै, धन आर्जनमा वृद्धि, विरोधीपक्ष परास्त हुनेछन् । फलाम, छालासम्बन्धी कार्य गर्नेलाई लाभ रहनेछ । विद्यार्थीमा लाभ दायक समय हुनेछ । कला सङ्गीतमा लाभ छ ।

यन्त्रतन्त्र मन्त्रसम्बन्धी कार्य गर्नेलाई शुभ रहेको छ । धनधान्य वृद्धि रहनेछ । दाजुभाइसित शुभ रहनेछ । वैदेशिक क्षेत्र शुभ रहनेछ । धन लाभ हुने देखिन्छ । सन्तानबाट लाभ रहनेछ । यात्रामा लाभ, धार्मिक यात्रामा सरिक हुनेछ । प्रेममा सफलता रहनेछ । सरकारी पदमा रहनेलाई शुभ रहनेछ । राजनीतिक क्षेत्रमा रहनेलाई लाभ रहनेछ । कारोबार गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ । सूर्यको आराधना गर्दा अझ राम्रो हुनेछ । विद्यार्थी वर्गमा लाभ रहनेछ । सामाजिक क्षेत्रमा लाभदायक नै रहनेछ । शुभ रङ्ग सेतो, शुभ दिशा पूर्व रहेको छ ।

सिंहः कार्तिक महिना सूर्य पराक्रम धन भावमा, शुक्र राशि र धन भावमा, बृहस्पति र शनि बिद्या भावमा , मंगल कष्ट भावमा रहनेछ । राहु शुख भावमा र केतु राज्य भावमा गोचर गरिहेका छन् । यो महिना समय उत्तम पनि रहेको छ । खेलाडी तथा पराक्रमी क्रियाकलापमा समय लगानी गर्नेले प्रशस्त धन तथा सम्पत्ति संग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचार जनमानसमा लैजान सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपूर्ण भूमिका निर्बाह गर्नेछ । आफन्त तथा अग्रजबाट आशीर्वाद प्राप्त हुनेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जीवन शैलीमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।

दाजुभाइ तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरुलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । माया प्रेमका सम्बन्ध विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । विद्या भावमा गोचर गर्ने वृहस्पति र शनिको शुभ प्रभावले लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । तर पनि सुख भावमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने मंगलको प्रतिकुल प्रभावले सवारी साधन तथा माटोसम्बन्धी काम गर्दा ख्याल गर्नुहोला रुपैयाँ पैसा डुब्ने र सवारी साधनको प्रयोग गर्दा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

प्रशासनिक कार्य, सेना, प्रहरी, गुप्तचर, सुरक्षा संगठन, उद्योग, व्यवस्थापन, मेडिकल, राजनीति, प्यारामेडिकल क्षेत्र, रिसर्च, अध्यात्म, ज्योतिष जस्ता क्षेत्रमा यो महिना राम्रो प्रगति हुनेछ । यस्तै, आँट हिम्मत बढ्ने छ । दाजुभाइ बीचमा सम्बन्धमा सुधार रहनेछ । फसेका धन प्राप्त हुनेछ । सरकारी क्षेत्रमा रहनेलाई लाभ, राजनीतिकमा पनि लाभ रहेको छ । रोगबाट डर हुनेछ । बुवा आमाको स्वास्थ्यमा खराब हुनेछ । हातहतियारबाट चोटपटक लाग्न सक्नेछ । आकस्मिक धनलाभ हुनेछ । विद्यार्थीवर्गका लागि अध्ययनमा कडा मिहिनेत गर्नु पर्नेछ । प्रेस तथा पत्रकारितासम्बन्धी कार्यबाट लाभ हुनेछ । बैदिक कार्यमा लाभ हुनेछ । आभूषण तथा भोगविलास सम्बन्धी कार्यबाट लाभ हुनेछ । शुभ रङ्ग रातो, शुभ दिशा पश्चिम रहेको छ ।

कन्याः कार्तिमा सूर्य धन र राशि भावमा, शुक्र खर्च र राशि भावमा, बृहस्पति र शनि सुख भावमा, मंगल व्यापार भावमा, राहु पराक्रम भावमा र केतु भाग्य भावमा गोचर गरिहेका छन् । दोस्रो भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरुलाई पहिचान गर्न नसस्दा उपलब्धी हातबाट फुत्किनेछ । धन सम्पति हराउने, लुटिने तथा स्थाई सम्पत्तीमा बिवाद हुन सक्छ ध्यान दिनुहोला । टाउको,आँखा तथा पेट तथा छातीसम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । होटल तथा रेष्टुरेन्टको क्षेत्रमा मन्दी आउनेछ । महिनाभर नै शनिको अढैयाको प्रभाव रहनेछ, जसको कारण आफ्नो वा आफन्तको स्वास्थ्यमा समस्या आउनेछ । घरजग्गा तथा सवारी साधनको कारोबाट गर्दा ध्यान दिनुहोला । आर्थीक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । तर पनि बुध, शुक्र र मंगलको अनुकुल प्रभावले साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा विशेष उपलब्धि हासिल हुनेछ ।

न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीश, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरुका लागि समय फलदायी रहनेछ । भौतिक बस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । बृहस्पति तथा शनिको प्रभावले उत्पादनमुखी तथा औषधिजन्य सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । परराष्ट्र तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय उत्तम रहेको छ । माया प्रेममा मनमुटाव सिर्जना भए पनि अन्ततः एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ । व्यापार व्यवसाय, वाणिज्य, लेखन, कला, साहित्य तथा सबै खाले प्राविधिक पेशामा कन्या राशि भएका व्यक्तिले आफूलाई स्थापित गर्दछन् ।

साथै कम्युनिकेशन, अफिसर, वकिल, राजनीतिक सल्लाहकार, शिक्षक, प्राध्यापक आदि पेशा व्यवसायमा सफल हुने समय रहेको छ । यस्तै, शुक्र दोस्रो भावमा हुँदा भोगविलास, राजनीतिक क्षेत्रमा लाभ हुनेछ । धन धान्यबृद्धि हुनेछ । पर्यटन, कलाकारिता क्षेत्रमा रहेकालाई लाभ हुनेछ । बोलीको प्रभावबाट धनलाभ हुनेछ । महिनाको पहिलो हप्ता पछि बुध ग्रहको प्रभावको कारणले धनलाभ हुनेछ । बोल्दा कम बोल्नुका साथै सावधानी अपनाउनु पर्ने देखिन्छ । दाजुभाइ बिचमा सम्बन्धमा सुधार हुनेछ । विरोधीपक्षबाट सावधानी, वैदेशिक कार्यबाट लाभ हुनेछ । सेना, पुलिससम्बन्धी कार्य गर्नेले सावधानी अपनाउनु पर्नेछ । धार्मिक कार्यमा खर्च बढ्ने देखिन्छ । विद्यार्थीवर्गले सावधानी अपनाउनु पर्ने देखिन्छ । शुभ रङ्ग हरियो, शुभ दिशा दक्षिण रहेको छ ।

तुलाः कार्तिक महिना सूर्य राशिमा, बुध राशि भावमा र खर्च भावमा, शुक्र लाभ भावमा र खर्च भावमा,  बृहस्पति र शनि पराक्रम भावमा, मंगल प्रतिस्पर्धा भावमा, राहु कष्ट भावमा र केतु धन भावमा गोचर गरिहेका छन् । यो महिना खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दि आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रजसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ, ध्यान दिनुहोला । स्वास्थ्यमा बिशेष गरि उच्च रक्तचाप, टाउको दुखाई, छात्ती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग छ । पेटसम्बन्धी समस्या नआउला भन्न सकिन्न । आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ । तर पनि अन्य ग्रहको अनुकुल प्रभावले परराष्ट्र तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय उत्तम छ । माया प्रेममा मनमुटाव सिर्जना भए पनि अन्ततः एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ । पराक्रम भावमा गोचर गर्ने शनि तथा बृहस्पतिको अनुकुल प्रभावले खेलकुद तथा पराक्रमि क्रियाकलापमा भाग लिई आम्दानी बढाउन सकिनेछ । औषधि, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तुको कारोबारमा वृद्धि हुनेछ । कूटनीति, परराष्ट्र, राजनीति, राजदूत वा यस्तै कार्यमा आफूलाई अब्बल साबित गर्दछन् । स्पेश ईन्जिनियर, खगोल विज्ञान, जिनेटिक ईन्जिनियर, कपडा, कागज, प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्न सकिने समय छ ।

यस्तै शुक्र ग्रहको प्रभावको कारणले सुखका साथै विरोधीपक्ष परास्त हुनेछन् । शारीरिक उमङ्गता बढ्ने छ । श्रृगाङ्गिक सम्बन्धी, भोगविलास, प्रेम, कला, सङ्गीत क्षेत्रमा रहेकालाई शुभ फल दिनेछ । महिनाको पहिलो हप्ता सञ्चित धन नोक्सान हुनेछ । यन्त्र, तन्त्र, मन्त्रको प्रयोग गर्नेलाई लाभ हुनेछ । हरियो बोट बिरुवाको कारोबार गर्दा लाभ हुनेछ । पापकर्म बढ्ने देखिन्छ । सेना, पुलिस, मेसिनरीसम्बन्धी कार्य गर्नेलाई सावधानी अपनाउनु पर्ने देखिन्छ । प्रेममा अवरोध रहन्छ । वैदेशिक क्षेत्रमा कार्य गर्नेलाई लाभ हुनेछ । गणेश भगवानको आराधना गर्नु पर्ने देखिन्छ । शरीरको अलि हेरविचार गर्नु पर्ने देखिन्छ । ठेकेदारीसम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । विद्यार्थीवर्गले अलि मिहिनेत गर्नु पर्ने देखिन्छ । शुभ रङ्ग गुलाबी, शुभ दिशा पूर्व रहेको छ ।

वृश्चिकः कार्तिक महिनामा सूर्य खर्च भावमा, बुध खर्च भावमा र लाभ भावमा, शुक्र राज्य भावमा र लाभ भावमा, बृहस्पति र शनि धन भावमा, मंगल बिद्या भावमा, राहु व्यापार भावमा र केतु राशि भावमा गोचर गरिहेका छन् । यो महिनामा व्यवहारिक तथा आर्थिक उतारचढाव आउनेछ । खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले आम्दानीको तुलानामा खर्च अधिक हुने हुँदा दैनिकी नराम्ररी गरि प्रभावित हुनेछ । राज्यको नजिक रहि काम गर्नेहरुले काममा ढिलासुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नुपर्ने हुन सक्छ भने राज्यको नुन खाएकाले नियम संगत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । महिनाभर नै शनिका साढेसातिको प्रभाव रहने छ, जसको कारणले व्यापार व्यावसायमा मन्दि आउने तथा रुपैया पैसा फस्ने योग रहेको छ । शरीरमा आलस्य तथा थकान महसुस हुनेछ । आफन्त तथा कुटुम्बसँग घरायसी कुरामा राय बाझिनेछ । आफ्नो वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । तर पनि बुध, बृहस्पति, मंगल तथा शुक्रका अनुकुल प्रभावले लामो समयदेखि बन्द रहेका उद्योगहरु रुचारु गर्न सकिनेछ ।

आफन्त तथा अग्रबाट आशीर्वाद प्राप्त हुनेछ । सवारी साधनको कारोबारबाट मनग्गने धन आर्जन गर्न सकिनेछ । विद्यार्थी तथा शिक्षा पेशामा लागेका व्यक्तिका लागि समय लाभदायी बन्नेछ । यात्रा हुनेछ भने विदेशमा बसेर समय लगानी गर्नेका लागि समम फलदायी रहनेछ । विदेशी सामानको व्यापार गर्ने व्यापारीका लागि समय उत्तम छ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । भाग्यले प्रेम पात्र जुराउनेछ भने प्रेममा रहेकोका लागि आफन्त तथा परिवारका सदस्यबाट वैधानिकता प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीजन साथीको सहयोगले राम्रा तथा परिणाममुखी कार्य सकिनेछ । जो व्यक्ति कवि, दार्शनिक, लेखक, समालोचक, विचारक तथा गुप्तचर, आयात, अनुसन्धान, केमिकल, रिसर्च, एक्सप्लोरिङ, जीव विज्ञान तथा समुद्रसँग सम्बन्धित काम गर्नेका लागि यो महिना उत्तम रहने छ । यस्तै, विदेशसम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । विरोधीपक्ष परास्त हुनेछन् । राजनीतिक, गीत सङ्गीत, पर्यटन, डेकोरीसन सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ ।

महिनाको पहिलो हप्ता पछि बुध ग्रहको प्रभावको कारण धन नोक्सान हुन सक्नेछ । लेखक, पर्यटन, फलाम, शिशा सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । धार्मिक क्षेत्रमा लाभ हुनेछ । प्रेममा अवरोध हुनेछ । धन हानी हुनेछ । सन्ततीबाट हानी ब्यहोर्नू पर्ने छ । सेना, पुलिस, सुरक्षासम्बन्धी कार्य गर्नेलाई सावधानी अपनाउनु पर्ने देखिन्छ । भौम ग्रहको आराधना गर्नुका साथै ग्रहको पूजा, जप गर्नु पर्दछ । फजुल खर्च बढ्ने देखिन्छ । सरकारी क्षेत्रमा रहनेले सावधानी अपनाउनु पर्नेछ । शुभ रङ्ग सेतो, शुभ दिशा उत्तर रहेको छ ।

धनुः कार्तिक महिना सूर्य लाभ भावमा, बुध लाभ भावमा र राज्य भावमा, शुक्र भाग्य भावमा र राज्य भावमा, बृहस्पति र शनि राशि भावमा, मंगल सुख भावमा, राहु प्रतिस्पर्धा भावमा र केतु खर्च भावमा गोचर गरिहेका छन् । महिनाभर लाभ भावमा गोचर गर्ने सूर्य र अन्य ग्रहको अनुकुल प्रभाव रहनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ भने राज्यबाट पद प्राप्तिको गतिलो योग रहेकोछ भने मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । राजनीतिकर्मी, खेलाडी, पत्रकार तथा विद्यार्थीका लागि समय उत्तम रहेको छ । नोकरी पाउने तथा पदोन्नतिको गतिलो योग रहेकोछ । अग्रज तथा आफन्तबाट तपाईँको काममा सहयोग तथा आशीर्वाद पाईनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ, तरल पदार्थको कारोबारबाट मनग्गे धन सम्पती आर्जन गर्न सकिनेछ । आकस्मिक लाभ तथा आभूषण प्राप्तिको गतिलो योग छ । तपाइँको कार्यकुशलताको सबैले तारिफ गर्नेछन् ।

कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ति लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाइचाराको सम्बन्ध स्थापनमा तपाईको भूमिका महत्वपूर्ण हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुबै कमाउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीजन साथिको सहयोगले राम्रा तथा परिणाममुखी कार्य सकिनेछ । शुक्र र बुधको अनुकुल प्रभावले लेखन कला तथा साहित्य क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ । तर पनि शनिको आद्य साढेसातिको प्रभावले आफन्त तथा कुटुम्बसँग सामान्य मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । शरीरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । नशा,प्यारालाईशिस,ग्याष्ट्रिक तथा दीर्घ रोगीले विशेष ख्याल गर्नुहोला । तर पनि प्रशासन, शिक्षण, मेडिकल, केमिकल्स, उद्योग, भूउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट, भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्रीजस्ता पदमा रहि काम गर्नेहरुका लागि यो महिना राम्रो रहेको छ । यस्तै, यस महिनामा आर्थिक लाभ हुनेछ ।

ठेकेदारीसम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । धार्मिक क्षेत्रमा समय बित्ने छ । मान्यजनको स्वास्थ्यमा खराब हुनेछ । सरकारी कार्य गर्नेलाई लाभ हुनेछ । विरोधीपक्ष परास्त हुनेछ । शारीरिक सुख प्राप्त हुनेछ । विद्यार्थीवर्गमा लाभ हुनेछ । वैदेशिक कार्यबाट लाभ हुनेछ । औजारसम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । सेना, पुलिससम्बन्धी कार्य गर्ने लाई लाभ हुनेछ । सरकारीपक्षबाट लाभ हुनेछ । प्रेममा सफलता हुनेछ । प्रेस तथा पत्रकारिता क्षेत्रमा लाग्नेलाई लाभ हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । भोगविलाससम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । प्रेममा सफलता हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । शुभ रङ्ग सेतो, शुभ दिशा पश्चिम रहेको छ ।

मकरः कार्तिक महिनामा सूर्य राज्य भावमा, बुध राज्य भावमा र भाग्य भावमा, शुक्र कष्ट भावमा र भाग्य भावमा, वृहस्पति र शनि खर्च भावमा, मंगल पराक्रम भावमा, राहु विद्या भावमा र केतु लाभ भावमा गोचर गरिहेका छन् । महिनाभर राज्य भावमा गोचर गर्ने सूर्यले राजनीतिकर्मी तथा कुटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरुले उच्च पद पाउने गतिलो योग छ । प्रशासनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नीति निर्माण तहमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ भने यो महिना गरिने निर्णय सबैलाई मान्य हुनेछ । नोकरी पाउने तथा पदोन्नतिको गतिलो योग रहेको छ । पढाई लेखाईमा प्रतिस्पर्धीलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ भने राजनीतिशास्त्र अध्ययन गर्नेका लागि समय राम्रो छ ।

पतिपत्नी बीचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो गसिलो भएर जानेछ । कला साहित्य तथा गीत संगीतमा विशेष रुचि बढ्नेछ । पारिवारिक जमघटमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा समय लगानी गर्ने व्यापारीका लागि समय उत्तम रहेको छ । पराक्रमी क्रियाकलापमा भाग लिनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । मातापिता तथा अग्रबाट आशीर्वाद तथा सहयोग पाईनेछ । तर पनि शनिको आध्य शाढेसातीको प्रभाव रहने हुनाले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरिरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । नसा, पारालाइसिस, ग्याष्ट्रिक तथा दीर्घ रोगीले विशेष ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्ने योग रहेको छ । मार्केटिङ, बिमा, एकाउन्ट, बंैक तथा वित्तीय संस्था जस्ता क्षेत्रमा काम गर्नेले सफलता प्राप्त गर्नेछन् । डाईरेक्टर, संचालक, म्यानेजर, अध्यक्ष, न्यायाधीश, ईन्जिनियर, व्यवस्थापक, वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पदमा रही काम गर्नेका लागि यो महिना केही शुभ रहनेछ । यस्तै, यो महिनामा कार्यमा सिद्धि हुनेछ ।

आँट हिम्मत बढ्ने देखिन्छ । पैतृक सम्पत्तिबाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा रहनेलाई लाभ हुनेछ । तेल, फलाम सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । सरकारी कार्यमा रहनेलाई लाभ हुनेछ । वैदेशिक कार्यमा रहनेलाई लाभ हुनेछ । रोगबाट भय हुनेछ । मेशिनरीसम्बन्धी कार्य गर्नेले अलि सावधानी अपनाउनु पर्नेछ । शत्रु वृद्धि हुनेछन् । सेना, पुलिसमा रहनेले सावधानी अपनाउनु पर्नेछ । रोगबाट भयका साथै धन क्षय हुनेछन् । लेखन कार्य, पत्रकारिता क्षेत्रमा रहनेलाई लाभ हुनेछ । सिपलाई प्रयोग गर्नु पर्नेछ । धन प्राप्त हुनेछन् । सुख सुविधा प्राप्त हुनेछ । प्रेममा महिनाको मध्य पछि लाभ छ । विद्यार्थीवर्गमा लाभ रहेको छ । शुभ रङ्ग ध्वाँसे, शुभ दिशा पश्चिम रहेको छ ।

कुम्भः कार्तिक महिनामा सूर्य भाग्य भावमा, बुध भाग्य र कष्ट भावमा, शुक्र व्यापार र कष्ट भावमा । बृहस्पति र शनि लाभ भावमा, मंगल धन भावमा, राहु सुख भावमा र केतु राज्य भावमा गोचर गरिहेका छन् । भाग्य भावमा महिनाभर नै गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावको कारणले घर गृहस्थीमा व्यवहारिक कुरा नमिल्दा केही असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत व्यापारमा वृद्धि भए पनि अन्य व्यापारमा मन्दी आउनेछ । श्वासप्रश्वास, आँखा, टाउकोसम्बन्धी समस्या आउने सम्भावना छ । दीर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीले विशेष ख्याल गर्नुहोला । तर पनि संघर्षका बावजुद, राजनीति तथा समाजसेवामा समय लगानी गर्नेका लागि राज्यबाट पद प्राप्तिको योग छ । सरकारी जागिरेले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना छ । ठूलाबढा तथा विशिष्ट व्यक्तिको आशीर्वाद पाईने हुँदा मन प्रशन्न हुनेछ ।

बुध तथा शुक्र तथा अन्य ग्रहको अनुकुल प्रभावले गीतकार, संगीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागि समय फलदायी रहनेछ । माया प्रेममा रमाउन चाहनेका लागि महिना मिश्रित छ । आफन्त तथा दाजुभाइको सहयोग रहनेछ भने छोटो दुरीको रमाईलो यात्राको तय हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । यो महिना सञ्चार, कम्प्युटर, विज्ञान तथा प्रविधि, रिसर्च, प्राविधिक काममा समय लगानी गर्नेहरुका लागि समय उत्तम छ । लेखन, साहित्य,कला, दर्शन, धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भूउपग्रह, भौतिक विज्ञान, मिडिया तथा राजनीतिमा समय व्यतित गर्नेका लागि पनि समय उत्तम छ । यस्तै, आर्थिक लाभ हुनेछ । सोचेका कार्य पूरा हुनेछ । प्रेममा सफलता मिल्नेछ । अग्रजबाट लाभ हुनेछ । पराक्रम बढ्ने देखिन्छ । आभूषणसम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ ।

गीत, कला सङ्गीत, क्षेत्रमा रहनेलाई लाभ हुनेछ । घर, जमिनसम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ हुनेछ । धन लाभ हुनेछ महिनाको शुरुका दिनमा । वाककला सम्बन्धी कार्य गर्ने, फलाम, सिसासम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । खानपिनमा अलि सावधानी अपनाउनु पर्नेछ । विद्यार्थीवर्गमा शुरुका दिनमा शुभ छ । महिनाको अन्ततिर विद्यार्थीवर्गमा नोक्सान रहेको छ । विरोधीपक्षबाट नोक्सान बेहोर्नु पर्नेछ । कान्ति क्षेत्र हुने देखिन्छ । सूर्य ग्रहको आराधना गर्नु पर्नेछ । धातु, शिशा, मोबाइल सम्बन्धी कार्य गर्नेले सावधानी अपनाउनु पर्नेछ । शुभ रङ्ग हरियो, शुभ दिशा पूर्व रहेको छ ।

मीनः कार्तिक महिना सूर्य कष्ट भावमा, बुध कष्ट र व्यापार भावमा, शुक्र प्रतिस्पर्धा र व्यापार भावमा । बृहस्पति र शनि राज्य भावमा, मंगल राशि भावमा, राहु पराक्रम भावमा र केतु भाग्य भावमा गोचर गरिहेका छन् । यो महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले राजनीति तथा समाजसेवामा तपाईको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दा दुःख पाईनेछ । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेकोछ भने दिदिबहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुनेछ । घर परिवारका आफन्तको स्वास्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । श्वासप्रश्वास, आँखा, टाउकोसम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहे विशेष ख्याल गर्नुहोला । तर पनि वृहस्पति, शनि तथा अन्य ग्रहको अनुकुल प्रभाव रहनाले व्यापार व्यावसाय फस्टाएर जानेछ । मिहेनत गर्दा पढाई लेखाईमा नतिजा तपाईको हातमा पर्नेछ । नसोचेको धन तथा भौतिक सम्पति प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधन तथा पैतृक धन सम्पत्तिको प्रयोग परिचालनमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कृषि तथा पशुपालन, बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । लेखन, साहित्य, कविता, कला तथा साहित्य, मनोरञ्जन, हास्यविधा, अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा काम गरि नाम कमाउने समय छ । यस्तै यस महिनामा पराक्रम वृद्धि हुनेछ । दाजुभाइ, बन्धुबान्धनबाट लाभ हुनेछ । धार्मिक कार्यमा रुची बढ्ने छ । धार्मिक क्षेत्रमा मन लाग्नेछ । मेशिनरी, आगोसम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । मेशिनरीसम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । शत्रु परास्त हुनेछन् । बुध ग्रहको कारणले आर्थिक लाभ हुनेछ महिनाको अन्तिम तिर । प्रेममा सुधार हुनेछ । लेखन कार्यमा सरिक हुनेलाई लाभ हुनेछ । महिनाको मध्यसम्म अति विपत्ति धन नोक्सान हुनेछ । कला, सङ्गीत, पर्यटन, पत्रकारिता क्षेत्रमा रहनेलाई लाभ हुनेछ । रोगका साथै आकस्मिक धन नोक्सान हुनेछ । सरकारी क्षेत्रमा कार्य गर्नेलाई शत्रुबाट नोक्सान बेहोर्नु पर्नेछ । सूर्य भगवानको आराधना गर्नु पर्नेछ । शुभ रङ्ग सेतो, शुभ दिशा उत्तर रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ