arrow

भारत–न्यूजिल्याण्डको पहिलो टेष्ट वर्षाको अधिनमा, भारतको लज्जास्पद शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
kohli-rohit-24-10-17.jpg

काठमाडौँ । न्यूजिल्याण्ड विरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारतले लज्जास्पद शुरुआत गरेको छ । 

घरेलु बैंगलुरुको मैदानमा पहिलो दिन वर्षाले हुन नसकेको खेल दोस्रो दिन बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको छ । 

भारतले वर्षाले खेल रोकिनुपूर्व १२.४ ओभर खेल्दा ३ विकेट गुमाएर १३ रनमात्र जोडेको छ । 

लज्जास्पद शुरुआत गरेको भारतका लागि विराट कोहली ९ बल र सर्फराज खान ३ बल खेलेर शून्यमा आउट भएका छन् भने कप्तान रोहित शर्मा १६ बल खेलेर २ रनमा आउट भएका छन् । 

ओपनर यशस्वि जैसवाल ३७ बलमा ८ रन तथा ऋषभ पन्त ११ बलमा ३ रन बनाएर अविजित छन् ।  

तीन टेष्ट खेल्न न्यूजिल्याण्ड भारत आएको हो । 

आईसीसी विश्व टेष्ट च्याम्पियनशिपमा भारत ११ खेलबाट ७४।२४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने न्यूजिल्याण्ड ८ खेलबाट ३७।५० अंकसहित छैटौँ स्थानमा रहेको छ । 

फाइनल प्रवेशका लागि भारतलाई निरन्तर जीत जरुरी छ भने न्यूजिल्याण्ड लगभग फाइनल होडबाट बाहिरिएको छ ।

यद्यपि आफू अनुकुल नतिजा पार्नका लागि न्यूजिल्याण्डले अबको सबै खेलमा शानदार फराकिलो अन्तरसहित शतप्रतिशत नतिजा ल्याउनु जरुरी छ । 



नयाँ