arrow

ट्याक्टर दुर्घटनामा २४ वर्षीय चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
tractor-accident.jpg
फाइल तस्बिर

सोलुखुम्बु । सोलुखुम्बुमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका वडा नं ७ गुन्साका २४ वर्षीय मिङमा दावा शेर्पा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको खरिखोला सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं १ थामडाँडाका पैयाबाट खरिखोलातर्फ जाँदै गरेको प्र१-०७-००१त००१८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ