arrow

बसलाई टिप्परले ठक्कर दिँदा तीन घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
accident-final.jpg

पोखरा । पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । आज बिहान करिब ८ बजे पोखरा-२५ बडहरेमा पोखराबाट म्याग्दी जाँदै गरेको ग१ख ७००२ नं. को बसलाई ग१ख ९१४२ नं. को टिप्परले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार घाइते हुनेमा बसमा यात्रा गरिरहेका म्याग्दी धौलागिरी गाउाँलिका वडा नं ५ का ८४ वर्षीय हर्कलाल छन्त्याल छन् । उनको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै टिप्पर चालक सिन्धुपालचोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ३ का ३१ वर्षीय मनोज र कटुवाल सोही टिप्परमा सवार नुवाकोटका २८ वर्षीय बुद्ध घले पनि घाइते भएका छन् । उनीहरु दुवैको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक र मणिपालमा उपचाररत टिप्पर चालक प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ