arrow

 मध्य भोटेकोशीको शेयर लक इन सकिन १२ दिन बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
madhy-bhotekoshi-81-6-30.jpg

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयरको ‘लक इन’ अवधि सकिन अब १२ दिनमात्र बाँकी रहेको छ ।  

कम्पनीको संस्थापक शेयर, स्थानीय बासिन्दा, यस कम्पनीका कर्मचारी, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चितकर्ता कर्मचारी, संस्थापक शेयरधनी, संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ कार्तिक ११ गते सकिने भएको हो ।

लक इन अवधि सकिएपछि होल्ड गरेको उक्त शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सर्वसाधारणलाई २०७८ कार्तिक १२ गते शेयर बाँडफाँट गरेको थियो । 

उक्त मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । 

कम्पनीको ३ करोड ६ लाख कित्ता संस्थापक शेयर, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चितकर्ता कर्मचारीको १ करोड १७ लाख, संस्थापक शेयरधनी संस्थाका कर्मचारीको २१ लाख, ऋणदाता संस्थाका कर्मचारीको ६ लाख, स्थानीयको ६० लाख र यस कम्पनीका कर्मचारीको ३ लाख ६० हजार कित्ता शेयर लक इन रहेको छ ।

उक्त लक इन कार्तिक १२ गतेदेखि फुकुवा हुनेछ । कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, 'शेयरहरु धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१) बमोजिम लक इनमा राखिएको र उक्त शेयरहरुको लक इन अवधि मिति २०८१/०७/११ मा समाप्त हुन लागेको व्यहोरा नियामक एव‌ अन्य सम्बन्धित निकायहरु, लगानीकर्ता एवं सर्वसाधारण लगायत अन्य सम्पूर्ण सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ