- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । न्यूजिल्याण्ड विरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारतले लज्जास्पद प्रदर्शन गरेको छ । घरेलु बैंगलुरुको मैदानमा पहिलो दिन वर्षाले हुन नसकेको खेल दोस्रो दिन बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको भारतले लज्जास्पद प्रदर्शन गरेको हो ।
भारतले वर्षाले खेलमा मात्र ३१.२ ओभरमा अलआउट हुँदै ४६ रनमात्र जोड्यो । ऋषभ पन्तले सर्वाधिक २० रन बनाएको इनिङ्समा यशस्वि जैसवालले १३ रन जोडे । सर्वाधिक तेस्रो रनको रुपमा मोहम्मद सिराजले अविजित रहँदै ४ रन जोडे ।
पाँच दिग्गज खेलाडीहरु शून्यमा आउट भए । विराट कोहली ९ बल, सर्फराज खान ३ बल, केएल राहुल ६ बल, रविन्द्र जडेजा ६ बल र रविचन्द्रन आश्विन १ बल खेलेर शून्यमा आउट भए ।
कप्तान रोहित शर्मा १६ बल खेलेर २ रनमा, कुलदीप यादव १७ बल खेलेर २ रन आउट भए ।
भारतको यो घरेलु मैदानमा सबैभन्दा कमजोर योगफल हो । यसअघि घरेलु मैदानमा सन् १९८७ मा भारतले वेष्ट इन्डिजविरुद्ध ७५ रन बनाएको थियो ।
उत्कृष्ट बलिङ गरेको न्यूजिल्याण्डका लागि माट् हेन्रीले १५ रन खर्चेर ५, विलियम ओ राउर्केले २२ रन खर्चेर ४ तथा टिम साउथीले ८ रन खर्चेर १ विकेट लिए ।
न्यूजिल्याण्डले ४ रनमात्र अतिरिक्तका रुपमा दिएको थियो । जवाफमा न्यूजिल्याण्डले आक्रामक खेलिरहेको छ ।
तीन टेष्ट खेल्न न्यूजिल्याण्ड भारत आएको हो ।