arrow

दशैँपछिको कारोबारको तेस्रो दिन पनि नेप्से सकारात्मक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । बडादशैँको बिदापछिको कारोबारको तेस्रो दिन पनि नेप्से परिसूचक सकारात्मक रह्यो । यसअघिका दुई दिनको तुलनामा बिहीबार भने कममात्र वृद्धि भएको छ । 

बिहीबार नेप्से २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा बन्द भएको छ । कुल ३१६ कम्पनीका एक करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार बराबरको कारोबार भएको थियो ।

सबैभन्दा बढी गुडविल फाइनान्सको शेयर मूल्यमा ७.६३ प्रतिशतले बढेको छ भने अपार श्यांगे हाइड्रोको मूल्य सबैभन्दा बढी ५.१९ प्रतिशतले घटेको छ ।

त्यस्तै सबैभन्दा बढी कुमारी बैंकको ३३ करोड १३ लाख ९० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनीको १४ लाख ८ हजार ६२८ कित्ता शेयर कारोबार भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ