arrow

भारत विरुद्धको पहिलो टेष्टमा न्यूजिल्याण्ड हावी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
tension-rohit-sharma-24-10-.jpg

काठमाडौँ । भारत विरुद्धको पहिलो टेष्ट न्यूजिल्याण्डको नियन्त्रणमा गएको छ । भारतले खराब प्रदर्शन गरेसँगै न्यूजिल्याण्ड हावी भएको हो । भारतले खराब ब्याटिङसँगै बलिङ पनि फितलो गरेको हो ।

दोस्रो दिनको समाप्तिसम्म न्यूजिल्याण्डले ५० ओभर खेल्दै ३ विकेटको क्षतिमा १८० रन बनाएको छ । 

डेभोन कन्वेले १०५ बलमा ९१ रन बनाए भने विल यङ्ग ३३ तथा कप्तान टम लाथम १५ रनमा आउट भए । 

शुक्रबार तेस्रो दिन रचिन रविन्द्र २२ तथा ड्यारिल मिचेल १४ रनबाट अगाडि खेल्नेछन् । न्यूजिल्याण्डले १३४ रनको अग्रता लिइसकेको छ ।

यसअघि घरेलु बैंगलुरुको मैदानमा पहिलो दिन वर्षाले हुन नसकेको खेल दोस्रो दिन बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको भारतले लज्जास्पद प्रदर्शन गरेको थियो । 

भारतले वर्षाले खेलमा मात्र ३१.२ ओभरमा अलआउट हुँदै ४६ रनमात्र जोड्यो । ऋषभ पन्तले सर्वाधिक २० रन बनाएको इनिङ्समा यशस्वि जैसवालले १३ रन जोडे । सर्वाधिक तेस्रो रनको रुपमा मोहम्मद सिराजले अविजित रहँदै ४ रन जोडे । 

पाँच दिग्गज खेलाडीहरु शून्यमा आउट भए । विराट कोहली ९ बल, सर्फराज खान ३ बल, केएल राहुल ६ बल, रविन्द्र जडेजा ६ बल र रविचन्द्रन आश्विन १ बल खेलेर शून्यमा आउट भए । 

कप्तान रोहित शर्मा १६ बल खेलेर २ रनमा, कुलदीप यादव १७ बल खेलेर २ रन आउट भए । 

भारतको यो घरेलु मैदानमा सबैभन्दा कमजोर प्रदर्शन हो । यसअघि घरेलु मैदानमा सन् १९८७ मा भारतले वेष्ट इन्डिजविरुद्ध ७५ रन बनाएको थियो । 

उत्कृष्ट बलिङ गरेको न्यूजिल्याण्डका लागि माट् हेन्रीले १५ रन खर्चेर ५, विलियम ओ राउर्केले २२ रन खर्चेर ४ तथा टिम साउथीले ८ रन खर्चेर १ विकेट लिए । 

न्यूजिल्याण्डले ४ रनमात्र अतिरिक्तका रुपमा दिएको थियो । 

तीन टेष्ट खेल्न न्यूजिल्याण्ड भारत आएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ