arrow

पाकिस्तानले दोस्रो टेस्टमा इङ्गल्याण्डलाई दियो २९७ रनको लक्ष्य, इङ्गल्याण्ड दबाबमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
eng-pak-test-24-1017.jpg

काठमाडौँ । मुल्तानमा जारी दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले इङ्गल्याण्डलाई २९७ रनको लक्ष्य दिएको छ । टेस्टको तेस्रो दिन पाकिस्तान आफ्नो दोस्रो इनिंगमा २२१ रनमा अलआउट भएपछि पहिलो इनिंगमा ७५ रनको अग्रताको आधारमा २९७ रनको लक्ष्य दिएको हो ।

पाकिस्तानका लागि दोस्रो इनिंगमा सलमान अघाले ६३ रन बनाए भने साउद शकीलले ३१ रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलर शोएब बशीरले ४, ज्याक लीचले ३ तथा ब्रिडन कार्सले २ विकेट लिएका थिए ।

यसअघि पाकिस्तानले पहिलो इनिंगमा ३६६ रन बनाएको थियो भने इङ्गल्याण्डले आफ्नो पहिलो इनिंगमा २९१ रन बनाएको थियो ।

२९७ रनको चुनौती पछ्याउने क्रममा इङ्गल्याण्ड दबाबमा आएको छ । ११ रन बनाउँदा २ विकेट गुमाइसकेको इङ्गल्याण्ड दबाबमा आएको हो । 

तेस्रो दिनको समाप्तिसम्म इङ्गल्याण्डले २ विकेटको क्षतिमा ३६ रन बनाएको छ । जितका लागि इङ्गल्याण्डलाई अझै २६१ रनको जरुरी छ । 

पहिलो खेलमा भने पाकिस्तानले इनिङ्स हार बेहोरेको थियो । 
      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ