arrow

करेन्ट लागेर १४ वर्षीया किशोरीको मृत्यु, बचाउन गएका दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
mahottari.png

महोत्तरी । महोत्तरीमा करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ भने दुई किशोरी घाइते भएका छन् ।

मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका वडा नं ३ पचानटोलकी १४ वर्षीया करिना महतो रहेकी छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार जंगली जनावरबाट बालीनाली जोगाउन लगाएको विद्युतीय बारबाट करेन्ट लागेर करिनाको घटनास्थलमै मृत्यु भएको हो ।

करिनालाई करेन्ट लागेपछि बचाउन गएका १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन् ।

उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटना विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ