arrow

इङ्गल्याण्डविरुद्ध पाकिस्तानको सनसनीपूर्ण जित, नोमन र साजिदको नाममा रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
pak-eng-24-10-18-getty-imag.jpg
तस्बिर – गेट्टि इमेजेज ।

काठमाडौँ । इङ्गल्याण्डविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा सनसनीपूर्ण जित हासिल गर्दै पाकिस्तानले हारको श्रृंखला तोडेको छ । 

मुल्तानमा भएको पहिलो खेल एक इनिङ्स र ४७ रनले पराजित भएको पाकिस्तानी टिममा पाकिस्तान क्रिकेट बोर्डले ब्यापक परिवर्तन गरेसँगै दोस्रो टेष्टमा शानदार जित हासिल गरेको हो । 

निवर्तमान कप्तान बाबर आजमसहित चार सिनियर खेलाडीहरुलाई विश्राम दिँदै पीसीबीले नयाँ खेलाडीलाई अवसर दिएको थियो । जसका कारण मुल्तानमा भएको दोस्रो टेष्ट पाकिस्तानले १५२ रनको फराकिलो अन्तरले जितेको हो । 

पाकिस्तानले पहिले ब्याटिङ गर्दै डेब्यु खेलाडी कमरान घुलामको ११८ रनको मद्धतले ३६६ रन बनायो । जवाफमा इङ्गल्याण्डले बेन डुकेटको ११४ रनको मद्धतले २९१ रन बनायो । 

जवाफमा पाकिस्तानले दोस्रो इनिङ्समा २२१ रन बनाउँदै इङ्गल्याण्डलाई २९७ रनको चुनौती दिएको थियो । तर इङ्गल्याण्ड भने १४४ रनमै अलआउट भयो । जसका लागि नोमन अली एक्लैले ४६ रन खर्चेर ८ विकेट लिए । त्यस्तै साजिद खानले २ विकेट लिए । 

यसअघि पहिलो इनिङ्समा साजिद खानले ७ तथा नोमन अलीले ३ विकेट लिएका थिए । 

सन् १९९७ पछि यो पहिलो पटक भएको हो । त्यतिबेला एसेज टेष्टमा इङ्गल्याण्डविरुद्ध अष्ट्रेलियाका म्याकग्राथ र कास्प्रोविचले एकै खेलमा ७–७ विकेट लिएका थिए । 

अहिले यो रेकर्ड साजिद र नोमनले आफ्नो नाममा लेखाएका छन् । यसअघि सन् १९५६ मा बेनड र लिन्डवालले ७–७ विकेट लिएर कीर्तिमान राखेका थिए । 

अहिलेसम्म तीन पटकमात्र यो रेकर्ड बनेको हो । 

यो जितले पीसीबीले खेलाडी परिवर्तन गरेर सही निर्णय लिएको प्रमाणित भएको छ । योसँगै तीन खेलको श्रृंखलामा १–१ को बराबरी भएको छ । 

यो कप्तान शान मसुदका लागि लगातार ६ हारपछिको पहिलो जित हो । पाकिस्तानले सन् २०२१ देखि घरेलु मैदानमा कुनै पनि टेष्ट खेल जित्न सकेको थिएन । 

तेस्रो खेल आगामी बिहीबारदेखि रावलपिन्डीमा हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ