arrow

जुम्लेपानीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
accident-final.jpg

दाङ । दाङको बङ्गलाचुली गाउँपालिका-४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गढवा गाउँपालिका-७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घट्नास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।

घोराहीबाट तापातर्फ जाँदै गरेको रा१ख १८५७ नम्बरको टिप्पर जुम्लेपानीमा सडकदेखि करिब ८० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ