arrow

न्यूजिल्याण्डलाई तीन सय ५६ रनको अग्रता, दोस्रो इनिङ्समा भारतको सुधारोन्मुख प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
rachin-tim-nz.jpg
तस्बिर – गेट्टि इमेजेज ।

काठमाडौँ । भारत विरुद्धको बैंगलुरुमा जारी पहिलो टेष्ट क्रिकेटमा न्यूजिल्याण्डले पहिलो इनिङ्समा तीन सय ५६ रनको अग्रता लिएको छ । न्यूजिल्याण्डले ४०२ रन बनाएर अलआउट भएपछि ३५६ रनको अग्रता बनाएको हो । 

रचिन रविन्द्रले करियरको दोस्रो शतक प्रहार गर्ने क्रममा सर्वाधिक १३४ रन बनाए । रविन्द्रले १५७ बलमा १३ चौका र ४ छक्का प्रहार गरेका थिए । यसबाहेक ओपनर डेभन कोनवेले ९१ रन र टिम साउथीले ६५ रन बनाए ।

भारतका लागि कुलदीप यादव र रविन्द्र जडेजाले तीन–तीन विकेट लिए ।

यसअघि वर्षाले प्रभावित खेलको दोस्रो दिनदेखिमात्र ब्याटिङ गरेको भारतले ३१.२ ओभरमात्र क्रिजमा टिकेर ४६ रन बनाएको थियो । ऋषभ पन्तले सर्वाधिक २० रन बनाएको इनिङ्समा पाँच खेलाडी शून्यमा आउट भएका थिए । 

यो भारतको टेष्ट क्रिकेटमा तेस्रो कम स्कोर हो । घरेलु मैदानमा सबैभन्दा कम स्कोर हो भने एसियामै पनि सबैभन्दा कम स्कोर हो । 

जवाफमा मैदानमा उत्रिएको भारतले दोस्रो इनिङ्समा भने सुधारोन्मुख प्रदर्शन गरेको छ । कप्तान रोहित शर्मा र यशस्वि जैसवालले संयमित एवं आक्रामक खेलिरहेका हुन् । 

आईसीसी वल्ड टेष्ट च्याम्पियनशिपको फाइनल खेल्नका लागि भारतलाई अबका सबै खेलमा सकारात्मक नतिजा ल्याउनु पर्ने भएकाले भारत दबाबमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ