arrow

योरो फाँटका किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
rice-harvesting-kirtipur-81.jpg

काठमाडौँ । दशैँ सकिए लगत्तै अहिले देशका अधिकांश किसान धान काट्ने र भित्र्याउने काममा व्यस्त छन् । मानो रोपेर मुरी भित्राउने यो समयमा कीर्तिपुरस्थित योरो फाँटमा लगाइएको धान काट्ने र चुट्ने काममा व्यस्त हुन थालेका किसानहरूको मुहारमा पनि खुशी देखिएको छ । 

यस वर्ष मनसुनले साथ दिँदा नेपालमा धान रोपाइँ लगभग समयमै सकिएको थियो । कृषि विभागका अनुसार यस वर्ष कुल धान रोपाइँ हुने जमीनमध्ये १३ लाख ४९ हजार हेक्टरमा रोपाइँ भएको थियो । 

गत वर्षभन्दा यो वर्ष मनसुन सक्रिय हुँदा धान रोपाइँ समयमा नै सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । 

पर्याप्त सिँचाइ सुविधा नहुँदा धान रोप्न आकाशे पानीको भर पर्नु पर्ने भएतापनि यस वर्ष पर्याप्त पानी परेकाले धान रोपाइँ पनि छिटो सकिएको थियो ।

rice-harvesting-kirtipur-81-7-2 (1).jpg
rice-harvesting-kirtipur-81-7-2 (2).jpg
rice-harvesting-kirtipur-81-7-2 (3).jpg
rice-harvesting-kirtipur-81-7-2 (4).jpg
rice-harvesting-kirtipur-81-7-2 (5).jpg
rice-harvesting-kirtipur-81-7-2 (6).jpg
rice-harvesting-kirtipur-81-7-2 (7).jpg
rice-harvesting-kirtipur-81-7-2 (8).jpg
rice-harvesting-kirtipur-81-7-2 (9).jpg
rice-harvesting-kirtipur-81-7-2 (10).jpg
rice-harvesting-kirtipur-81-7-2 (11).jpg
rice-harvesting-kirtipur-81-7-2 (12).jpg
rice-harvesting-kirtipur-81-7-2 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ