arrow

दुर्घटनापछि फरार भएका मोटरसाइकल चालक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
pakrau9.jpg

तनहुँ । सडक दुर्घटनापछि फरार भएका मोटरसाइकल चालक पक्राउ परेका छन् ।

असोज २९ गते बिहान ५ः३५ बजे तनहुँको म्याग्दे गाउँपालिका वडा नं ३ निर्मलवस्तीस्थित पृथ्वीराजमार्गमा पैदलयात्रीलाई ठक्कर दिएर फारा भएका मोटरसाइकल चालकलाई तनहुँ प्रहरीले आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका वडा नं ३ घुम्तीका ४२ वर्षीय बिशाल थापा छन् ।

तनहुँ प्रहरीका सूचना अधिकारी डीएसपी अशोक थापाका अनुसार मोटरसाइकलको ठक्करबाट ७९ वर्षीया तीजमाया थापालाई थापा घाइते भएकी थिइन् । उनको हाल गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

पक्राउ परेका मोटरसाइकल चालकबिरुद्ध तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ