arrow

जीप दुर्घटनामा दिदीभाइको मृत्यु, २८ घाइतेमध्ये नौ गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
jeep-accident-nawalpur.jpg

नवलपुर । नवलपुरको कावासोतीमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बालुवाडाँडाबाट कावासोतीतर्फ आउँदै गरेको बा.प्र.०७ ००१ज ००२० नम्बरको जीप सडकको मोडबाट तल खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी २८ जना यात्रु घाइते भएका छन्, जसमा ९ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा बुलिङटारकी पवित्रा मर्सांगी र पवन मर्सांगीको मृत्यु भएको हो । उनीहरु दिदीभाइ हुन् ।

जीपमा पनि ३० जना चढेका र ओभरलोडकै कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ