arrow

स्वर्णिमको आरोप- सङ्गठित अपराध गर्नेहरू वर्तमान मन्त्रिपरिषद्‌मा छन् [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
swarnim-07-03.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सङ्गठित अपराधमा सहभागीहरू अहिलेको मन्त्रिपरिषद्‌मा रहेको आरोप लगाएका छन् । शनिबार पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने सङ्गठित अपराधीहरू अहिलेको मन्त्रिपरिषद्‌मा रहेको भन्दै उनीहरूबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताए । 

उनले अहिले कुशासनको अभ्यास भइरहेको बताए । उनले नेपाली काँग्रेसप्रति लक्षित गर्दै कसैलाई आफ्नो राजनीति जोगाउन रविलाई पक्राउ गर्न लगाएको आरोप लगाए ।

उनले भन्नुभयो, ‘कसैलाई आफ्नो राजनीति जोगाउन उसलाई सिद्ध्याएरै छोड्नु थियो । कसैलाई सहकारीको ८७ अर्ब भ्याउनु थियो । कसैलाई सहकारी डिभोर्स लुकाउनु थियो । कसैलाई गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनु थियो । कसैलाई ललिता निवासलाई दक्षिणमा बदलेर गोजी भर्नु थियो । कसैलाई लुटको रङ्गशालामा बाँचुन्जेल फुटबल हान्नु थियो । कसैलाई आफूसँगको साथी माथि पुगेकोमा खुट्टा तान्नु थियो । मीनबहादुर गुरुङविरुद्धको मुद्दा केपी ओलीले अघि बढाउलान्, उनको सेटिङको लागि हो । कुशासनको अभ्यास अहिले भइरहेको छ । सङ्गठित अपराधीहरू अहिलेको मन्त्रिपरिषद्‌मा छन् । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने सङ्गठित अपराधीहरू अहिलेको मन्त्रिपरिषद्‌मा छन् । उनीहरूबाट ध्यान मोड्नका लागि यी कुराहरू भएका छन् ।’

विरोध कार्यक्रममा बोल्दै रास्वपा सांसद डा. तोषिमा कार्कीले सहकारी छानबिन प्रकरणमा रवि लामिछानेमाथि कुनै प्रमाण फेला नपरे पनि पक्राउ गरिएको भन्दै आपत्ति जनाइन् । उनले छानबिनका लागि आफूहरू तयार भएको बताइन् । उनले सम्पूर्ण सहकारी पीडितहरूको रकम फिर्ता गर्ने हिम्मत छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ