arrow

स्याङ्जामा बम बिस्फोट, एक जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
bomb-blast.jpg
फाइल तस्बिर

पोखरा । स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ४ पुरी गाउँस्थित शनिबार दिउँसो ३ बजेतिर एक घरमा बम विस्फोट हुँदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा ४५ वर्षीय गोविन्द पुरी रहेका छन् । घाइते पुरीको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए ।

सकेट बमको छर्राले लागेर पुरीको आँखा, खुट्टालगायत शरीरको विभिन्न भागमा चोट लागेको छ ।

डीएसपी पौडेलका अनुसार नेपाली सेनासहितको टोलीले घटनास्थल चेकजाँच गर्ने गरी घटनास्थल प्रहरीले सुरक्षित गरेर राखेको छ ।

घरमा बम कसरी पुग्यो भन्ने विषय नखुलेको डीएसपी पौडेलले बताए ।

प्रहरीका अनुसार घाइते पुरी नेपाली सेनाका पूर्व कर्मचारी हुन् ।

उनले शनिबार घरको सामान सार्नेक्रममा बम विस्फोट भएको थियाे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ