arrow

हर्कको निर्णय कार्यावन्यन नगर्न अदालतको आदेश, उपमेयर हुँदाहुँदै  मामाससुरा पर्ने वडाध्यक्षलाई कार्यबाहक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
harka-aaindra-bikram-.jpg

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यबाहक विवादमा अदालतले अन्तरिम आदेश दिएको छ । मेयर हर्कराज राई-साम्पाङले उपमेयर हुँदा हुँदै वडाध्यक्षलाई कार्यबाहक दिएको विषयमा उच्च अदालत विराटनगरले सो कार्यबाहकको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

आइतबार उपमेयर आइन्द्रविक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रुवराज नन्दको इजालसले साम्पाङको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा ४को क को १२ ले गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाटसमेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिन सम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च नं २३२८ मिति २०८१–६–२३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ ।’

मेयर साम्पाङले आफू बेलायत जानुअघि उपमेयर हुँदाहुँदै नाताले मामा ससुरा पर्ने ११ नम्बरका वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएको विषय विवादित बनेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ