साफ महिला च्याम्पियनसिप : नेपाल र माल्दिभ्स भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
696
Shares
फाइल तस्बिर
काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्सबीच खेल हुँदैछ । खेल साँझ साढे ५ बजेबाट दशरथ रङ्गशालामा शुरु हुनेछ ।
नेपालको यो दोस्रो खेल हो । यसअघि भुटानसँगको पहिलो खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको थियो । आजको खेल जित्दै नेपाल सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छ ।
आजको खेलमा पराजित भएको खण्डमा भने नेपाललाई सेमिफाइनलको यात्रा कठिन हुनेछ । त्यसैले पनि नेपाल आजको खेल जित्ने दाउमा रहेको छ ।