arrow

अन्य दलका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न शंकर पोखरेलको सुझाव 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
shankar-pokharel-81-5-20.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको चिन्ता नगर्न सुझाव दिएका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै महासचिव पोखरेलले अहिले फरक पार्टीका नेता तथा कार्यकर्ताले एमालेको भविष्यको चिन्ता गर्दै अनेक सुझाव दिइरहेको उल्लेख गर्दै एमालेको चिन्ता नगर्न आग्रह गरेका हुन् ।  

उनले भनेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरुले नेकपा (एमाले) को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक संजालमा अनेकन् सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरुको कटु आलोचना गरिरहेका छन् । राजनीति गर्नेहरुले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि ।

नेकपा (एमाले) लाई कस्तो बनाउने नेकपा (एमाले) जनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा (एमाले) लाई राम्ररी थाहा छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा एमालेले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो ।

भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ । जनताका बीचमा पुगेर तथा जनताको सुझाव ग्रहण गरेरनै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित छ । समृद्ध नेपाल सुखी नेपालीको नेपाली जनताको आकांक्षा पुरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ ।

तसर्थ, कुन पार्टी कस्तो भन्ने कुराको परिक्षण त सामाजिक संजालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा (एमाले) हरदम तयार छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ