arrow

यस्तो छ गोरखकाली रबर उद्योगको अवस्था [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
gorakhkali-rubber-industry-.jpg

गोरखा । २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा राजा वीरेन्द्रले शिलान्यास गरेको गोरखा नगरपालिका वडा नं १३ मझुवास्थित गोरखकाली रबर उद्योग लिमिटेडको अहिले जीर्ण बन्दै गएको छ । 

नेपालको एकमात्र रबर उद्योगको रुपमा स्थापित यस उद्योगले विसं २०५० को दशकदेखि व्यवसायिक रुपमा उत्पादन थालेको भएता पनि हाल पूर्ण रुपमा बन्दको अवस्थामा रहेको छ । चीनको सहयोगमा स्थापित गोरखकाली रबर उद्योग देशकै एउटा चर्चित उद्योग त थियो नै, यस उद्योगले राष्ट्रिय उत्पादन र पूँजी वृद्धिमा ठूलो टेवा पुर्याएको थियो ।

सरकारी र निजी साझेदारीमा सञ्चालित गोरखकाली रबर उद्योगले प्रतिवर्ष हेभी र लाइट गरेर विभिन्न प्रकारका १ लाख २० हजार टायर उत्पादन गर्ने लक्ष्य राखेको थियो । 

उद्योग सञ्चालनको क्रममा विभिन्न प्रकारका ८८ हजार टायर प्रतिवर्ष उत्पादन गरिरहेको थियो । ट्रकका लागि १२ प्रकारका, जीप र भ्यानका लागि ५ प्रकारका र साना कारका लागि ६ प्रकारका टायर यस उद्योगले उत्पादन गर्ने गर्दथ्यो ।

करिब ६७० रोपनी क्षेत्रफलमा रहेको यस उद्योगमा सरकार, सर्वसाधारण, एसियाली विकास बैंक, नेपाल आयल निगम, हिमाल सिमेन्ट, नेपाल साल्ट ट्रेडिङलगायत संघसंस्थाहरुको साझेदारी रहेको देखिन्छ ।

उद्योग सञ्चालनको सुरुकै चरणमा करिब ४०० जनाले विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका थिए । कुल टायर र ट्युबको आन्तरिक मागको करिब ४० प्रतिशत हिस्सा पूर्ति गर्न सफल भइसकेको उद्योगले विदेशी टायरहरुसँग पनि राम्रै प्रतिस्पर्धा गरिराखेको थियो । 

नेपालमा उत्पादित टायरहरु भारत, बङ्गलादेश, श्रीलङ्कालगायतका दक्षिण एसियाली मुलुकहरुमा निर्यात हुन्थ्यो । काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, वीरगञ्ज, जनकपुरलगायतका ठूला ३० वटा सहरमा आफ्नो डिपो राखेर राम्रो बजार व्यवस्थापनसहित सफलता हासिल गरिरहेको यस गोरखकाली रबर उद्योग गोरखाबासीको मात्रै नभएर नेपालकै एउटा प्रतिष्ठा बनेको थियो ।

तर विगत १० वर्षदेखि उद्योग पूर्ण रुपमा बन्द छ । करिब १० अर्ब बराबरको राज्यको सम्पत्ति र सयौं रोपनी क्षेत्रफल भएको रबर उद्योगको वरिपरि झाडी र घारीले घेरिएको छ । उद्योगका मेसिनहरुमा खिया लागेको छ ।

हाल सुनसान देखिने यो क्षेत्रमा उद्योग रेखदेख र सुरक्षाका लागि केही सुरक्षागार्ड राखिएको छ । 
 

gorakhkali-rubber-industry-81-7-5 (1).jpg
gorakhkali-rubber-industry-81-7-5 (2).jpg
gorakhkali-rubber-industry-81-7-5 (3).jpg
gorakhkali-rubber-industry-81-7-5 (4).jpg
gorakhkali-rubber-industry-81-7-5 (5).jpg
gorakhkali-rubber-industry-81-7-5 (6).jpg
gorakhkali-rubber-industry-81-7-5 (7).jpg
gorakhkali-rubber-industry-81-7-5 (8).jpg
gorakhkali-rubber-industry-81-7-5 (9).jpg
gorakhkali-rubber-industry-81-7-5 (10).jpg
gorakhkali-rubber-industry-81-7-5 (11).jpg
gorakhkali-rubber-industry-81-7-5 (12).jpg
gorakhkali-rubber-industry-81-7-5 (13).jpg
gorakhkali-rubber-industry-81-7-5 (14).jpg
gorakhkali-rubber-industry-81-7-5 (15).jpg
gorakhkali-rubber-industry-81-7-5 (16).jpg
gorakhkali-rubber-industry-81-7-5 (17).jpg
gorakhkali-rubber-industry-81-7-5 (18).jpg
gorakhkali-rubber-industry-81-7-5 (19).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ