arrow

आयल निगमले प्रधानमन्त्री दैवी कोषमा दियो तीन करोड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
noc-3-crore-pm.jpg

काठमाडौँ । नेपाल आयल निगमले गत असोजमा गएको बाढी पहिरोका पीडितको पुनःस्थापनाका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ । 

निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ जम्मा गरेको हो । 

निगमको सञ्चालक समितिको निर्णयअनुसार निगमको व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) शीर्षक अन्तर्गत रहेर तीन करोडको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको निगमले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ