- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतको जम्मू–कश्मीरकी विधायक शगुन परिहारले संस्कृत भाषामा शपथ लिएकी छिन् ।
हालै भएको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट विजय हासिल गरेकी शगुनले संसदमा जय श्रीरामको नारा लगाउँदै संस्कृतमा शपथ लिएकी हुन् ।
उनले मुसलमानको आधिपत्य रहेको क्षेत्र किस्तवार क्षेत्रबाट चुनाव जितेकी हुन् । उनका बुबा र काकालाई आतंकवादीहरुले निर्मम तरिकाले मारेका थिए ।
शगुन जम्मू–कश्मीरकी सबैभन्दा कान्छी विधायक पनि हुन् ।