सुनको भाउ रोकिने छाँट देखिएन, तोलाको एक लाख ६५ हजार नौ सयमा कारोबार
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
451
Shares
काठमाडौँ । सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी रहेको छ । सुनको मुल्यले मंगलबार पनि नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको तीन सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार नौ सय पुगेको छ ।
यसअघि सोमबार सुन तोलाको एक लाख ६५ हजार छ सयमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २१०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यो पनि अहिलेसम्मकै उच्च हो ।