arrow

फेरि ओरालो लाग्यो नेप्से 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेप्से परिसूचक फेरि घटेको छ । आइतबार र सोमबार घटेको नेप्से मंगलबार बढेको भए पनि बुधबार फेरि ओरालो लागेको हो । 

बुधबार नेप्से परिसूचक २० अंकले घटेको छ । नेप्से २०.४१ अंकले बढेर २४५.३९ विन्दुमा बन्द भएको छ । कुल ३२४ कम्पनीका एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार बराबरको कारोबार भएको थियो ।

सबैभन्दा बढी आईसीएफसी फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ४.२८ प्रतिशतले घटेको छ ।

त्यस्तै सबैभन्दा बढी आईसीएफसी फाइनान्सको ४३ करोड ४४ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ