arrow

श्रीबिष्णुकाे प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ कार्तिक ८ गते बिहीबार, इस्वीसंवत अक्टोबर २४ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिककृष्णपक्षको सप्तमी तिथि बिहानमा ६ः११ बजेसम्म त्यसपछि अष्टमी तिथि लाग्नेछ । नक्षत्रमा पुनवर्सु बिहानमा ११ः४३ बजेसम्म त्यसपछि तिष्य लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि १४ घटि २३ पलासम्म त्यसपछि साध्य योग रहनेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा सिद्धि रहनेछ ।

सूर्य तुला राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २८ घटि ६ पला अर्थात ११ घण्टा १७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः१० बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः२४ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा ११ः२३ बजे र अस्ताउने समय भोलि दिनमा १ः०३ बजे रहेको छ । आज संयुक्त राष्ट्रसंघ र विश्व विकास सूचना दिवस पनि रहेको छ ।

आजको राशिफल :

मेष : आजको दिन साँझ पखसम्मलाई अनुकूल छ । व्यवसायिक एवं कार्यक्षेत्रमा प्रगति र केही खर्चको बाबजुत पनि आर्थिक सङ्कलन हुनेछ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तार हुनेछ । जागिर आदि क्षेत्रमा पनि ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । अल्लि विचार पुर्याएर काम गर्नु बुद्धिमानी हुनेछ । अपराह्नपछि भने बोलीवचनको भूमिकामा ख्याल पुर्याउन जरुरी देखिन्छ ।

वृष : आजको दिन प्रतिकूलता तथा संघर्षको महसूस हुनसक्ने गोचर परेको छ । कामकार्यमा बढी हतार नगर्नु नै बुद्धिमानी हुनेछ । बरु नसोँचिएको काम बनेर राहत मिल्नेछ । अन्यथा खर्च बढ्ने सम्भावना रहनेछ । विषय तथा कार्य नबुझि अघि बढ्नाले पश्चाताप पर्न सक्ने छ, ख्याल गर्नु होला । केही संघर्षको बाबजुत योजनाभन्दा बाहिरबाट आयआर्जन तथा उपलब्धि हुनसक्ने छ ।

मिथुन : आजको दिन साँझसम्म अनुकूल मान्नसकिए पनि तदुपरान्त खर्च बढ्ने, कार्यमा अबरोध आइपर्ने, अपयशादि प्रतिकूलता बढ्नसक्ने ग्रहगोचरको अवस्था देखिएको छ । विहानी समयमै महत्त्वपूर्ण कार्य गरिसक्नु बुद्धिमानी हुनेछ । साथसंगतीभित्र तथा कार्यक्षेत्रमा पनि असामञ्जस्यता बढ्ने ग्रहसंकेत भइरेछ सजग रहनु उचित हुनेछ ।

कर्कट : आजको दिन ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्नुपर्ने देखिन्छ तर, मुख्य काममा अल्झन आउनसक्ने देखिएको छ । रपनि पेशा एवम् व्यवसायिक क्षेत्रबाट लाभ गर्न सकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा आंशिक सफलता मिल्नेछ । सन्तानको पक्षबाट चित्तबुझाउन सकिने स्थिति आउनेछ । अधुरा रहेका कामलाई अगाडि सकिने छ । प्रेम वा विवाह प्रस्ताव आउनसक्ने छ ।

सिंह : आजको दिन केही हद्सम्म धर्म-अध्यात्मको सम्बन्धमा उठेका सन्देह तथा जिज्ञाशाको समाधान मिल्नसक्ने छ । अपयशको बाबजुतपनि वैयक्तिक विकास हुने र समसामयिक दिनचर्याका समस्याहरु सुल्झिदै जाने देखिन्छ । दिनको उत्तरार्धबाट क्रमशः सफलता बढ्नेछ । तथापि मान्यजन कष्ट आदिको सम्भावनालाई गोचरले नकार्न सकेको छैन ।

कन्या : आजका दिन साँझसम्म अपजश तथा दुःख कष्ट झेल्नपरे पनि उपरान्त स्वास्थ्यमा सुधार आउने र रोकिएका कार्य अघि बढ्नसक्ने छन् । प्रतिष्ठामा आएको आँच पूरा गर्न सकिनेछ । धर्मकर्मप्रति रुचि बढ्ने छ भनेसामान्यताय जनव्यवहारमा पनि परोपकार, सहमतिको चेष्टा, आस्तिक विचार र आँट साहस बढ्ने छ । व्यवसायिक उन्नति, सात्त्विक चिन्तनको साथमा भावुकताले प्रसय पाउनेछ ।

तुला : आजको दिन साँझसम्म ठिकै रहने छ । विशेष कामकार्य सम्पादन गर्नु छ भने गरिहाल्नु बुद्धिमानी हुनेछ । मध्यान्ह उपरान्त गोचरग्रह अल्लि प्रतिकूल हुने लक्षण देखिएको छ । तसर्थ सावधानीपूर्वक व्यवहार गर्नुपर्ला । स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने सम्भावना रहेकोले आहारविहार र कामकार्यमा जुट्दा तथा यात्रा गर्दा ख्याल पुर्याउनुहोला । कामकार्यमा पनि अबरोध आउनसक्ने छ ।

वृश्चिक : आजको दिन उमङ्गिलो दिन रहनेछ । स्वजनबाट सहयोग मिल्ने, प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्नेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । आँटसाहसले गर्ने काम सम्पादन गर्न सकिने छ भने आज यहाँको विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ ।

धनु : आजको दिन साँझसम्म सामान्य देखिन्छ । केही कामकार्य बन्ने र विद्या बुद्धिको विकास हुनेछ । इष्टमित्र एवं आफन्तजनको आगमन हुने भौतिक कर्मभन्दा बढी वैचारिक कार्यले समय लिने सम्भावना छ । नीति एवं सैद्धान्तिक वहसको स्थिति बन्नसक्ने छ । कसैकसैलाई बढी विद्वतता देखाउनपर्ने मानसिकताले अन्तिममा पछुतो दिनसक्ने छ । अपराह्नबाट भने आत्मबल एवं कान्ति बृद्धि हुनेछ ।

मकर : आजको दिन साँझसम्म केही संघर्षकर देखिएको छ । जनव्यवहार एवं कामकार्यमा अल्लि सावधानी अप्नाउनु पर्नेछ । मध्यान्हबाट क्रमशः ग्रहगोचरको स्थितिमा केही सुधार आउने छ तथापि विशेष कार्यमा भने अझैपनि बाधाब्याबधान आनउसक्ने देखिएको छ । रपनि अध्ययन अध्यापन एवं विद्यार्जनमा प्रगति हुनेछ । संवाद तथा वहस वा अन्तरक्रिया आदिबाट निस्कर्ष उपयुक्त निकाल्न जोड हुनसक्ने छ ।

कुम्भ : आजको दिन सामान्यतया ग्रहको अवस्था सकारात्मक नै छ । राम्रै लौकिक पुरुषार्थ गर्न सकिने छ । खेलकुद आदि प्रतिस्पर्धा जन्य क्षेत्रमा विजयी भइनेछ । व्यापार व्यवसायमा पनि राम्रो लाभ हातलाग्ने छ । साँझपखबाट भने गोचरग्रह केही प्रतिकूल बन्ने देखिएको छ । क्रमशः कामकार्यमा रोकावट आउने तथा संघर्षको अनुभूति हुनसक्ने छ तथापि हिम्मत नहार्ने र स्वकार्यबाट विचलित नहुनु उपयुक्त हुनेछ ।

मीन : आजको दिन बोलीवचन र विशेष गरी नाताकुटुम्बि सम्बधसँगको व्यवहारमा ख्याल पुर्याउनु पर्नेछ । सामान्यतया प्रतिकूलताको आभास दिने गोचरग्रहको योग भएकोले आवश्यक सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । सामान्य कामकार्य सम्पादन गर्न भने सकिने छ । सञ्चित सम्पतिको अपव्यय हुने भय देखिएको कुरालाई भने नकार्न सकिन्न ।

साइत : सूर्य तुला राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पूर्वतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः०६ बजेदेखि ७ः३१ बजेसम्म शुभ बेला
बिहान ७ः३१ बजेदेखि ८ः५७ बजेसम्म रोग बेला
बिहान ८ः५७ बजेदेखि १०ः२२ बजेसम्म उद्धेग बेला
बिहान १०ः२२ बजेदेखि ११ः४८ बजेसम्म चर बेला
मध्यान्ह ११ः४८ बजेदेखि १ः१४ बजेसम्म लाभ बेला
दिनमा १ः१४ बजेदेखि २ः३९ बजेसम्म अमृत बेला
दिनमा २ः३९ बजेदेखि ४ः०५ बजेसम्म काल बेला
दिनमा ४ः०५ बजेदेखि ५ः३० बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः३० बजेदेखि ७ः०५ बजेसम्म रोग बेला
साँझ ७ः०५ बजेदेखि ८ः३९ बजेसम्म उद्धेग बेला
राति ८ः३९ बजेदेखि १०ः१४ बजेसम्म चर बेला
राति १०ः१४ बजेदेखि ११ः४८ बजेसम्म लाभ बेला
राति ११ः४८ बजेदेखि १ः२३ बजेसम्म अमृत बेला
राति १ः२३ बजेदेखि २ः५७ बजेसम्म काल बेला
रातिमा २ः५७ बजेदेखि ४ः३२ बजेसम्म शुभ बेला
रातिमा ४ः३२ बजेदेखि ६ः०६ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ