arrow

बंगलादेशमाथि दक्षिण अफ्रिकाको सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
sa-ban-24-10-24.jpg

काठमाडौँ । दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको पहिलो टेस्ट क्रिकेटमा ७ विकेटको जित हासिल गरेको छ ।

टेस्टको पाँचौं दिन बंगलादेशले दिएको १०६ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

यस टेस्टको पहिलो इनिंगमा बंगलादेशले केवल १०६ रन मात्र बनाएको थियो भने दक्षिण अफ्रिकाले ३०८ रन बनाएको थियो । इनिङ्स हारको खतरा टार्दै बंगलादेशले दोस्रो इनिंगमा कमब्याकको प्रयास गर्दै ३०७ रन बनाएको थियो । 

यो टेस्ट जितेर दक्षिण अफ्रिकाले २ खेलको श्रृंखलामा १–० को अग्रता हासिल गरेको छ । अब दोस्रो खेल अक्टोबर २९ देखि हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ