arrow

महालक्ष्मीकाे प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
rashifal-horoscope-blue.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ कार्तिक ९ गते शुक्रबार, इस्वीसंवत अक्टोबर २५ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिककृष्णपक्षको नवमी तिथि बिहानमा ६ः११ बजेसम्म त्यसपछि दशमी तिथि लाग्नेछ । नक्षत्रमा तिष्य दिनमा १२ः२७ बजेसम्म त्यसपछि अश्लेषा लाग्नेछ । विष्कुम्भादि योगमा साध्य ११ घटि ४४ पलासम्म त्यसपछि शुभ योग रहनेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा मानस रहनेछ । सूर्य तुला राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २८ घटि २ पला अर्थात ११ घण्टा १५ मिनेटको रहनेछ ।

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः११ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः२३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा १२ः०० बजे र अस्ताउने समय भोलि दिनमा १ः४२ बजे रहेको छ । आज राधाष्टमी व्रत गर्ने दिन रहेको छ ।

आजको राशिफल :

मेष : आज समय मध्यम रहनेछ । व्यापार व्यावसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने काम अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवदी हावी हुनाले काम समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछ परिनेछ । प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेको छ । बिहानको समय भन्दा बेलुकाको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेको छ ।

वृष : आज पनि समय शुभ छ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोत बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित बस्तु प्राप्तिको गतिलो योग रहेको छ । लामो समयदेखि भेट नभएका मित्रसँग भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ । रमाईलो यात्राको तय हुनेछ । विद्यार्थीले अध्ययनमा सफलता पाउनेछन् भने गुरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

मिथुन : आज पनि समय त्यत्ति शुभ छैन । आत्मीय मित्रका सहयोग नपाउदा थालेका काम बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन कुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटा साँघुरा हुनेछन् । लामो दुरीको यात्रामा पनि समस्या हुने देखिएको छ । दिनमा ३ बजेपछिको समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कट : आज पनि समय निकै महत्वपूर्ण छ । आफन्त तथ मावलीपक्षको सहयोग पाईने हुनाले काम गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिष्पर्धीलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णय तपाईकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ । प्रेममा रमाउन चाहनेका लागि समय उत्तम रहेको छ ।

सिंह : आज पनि समय खराब छ । विवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानीबाट नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढीनै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धित समस्याले सताउनेछ । ऋणलाग्ने तथा खर्च बड्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनेछ ।

कन्या : आज पनि समय राम्रै छ । विभिन्न अवसर आउने हुँदा त्यसलाई क्याच गरि मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुनाले आफन्त तथा गुरुहरु प्रशन्न हुनेछन् । छोटो तथा रमाईलो यात्राको अधिक सम्भावना रहेको छ । व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुनाले घर परिवारमा खुसियाली छाउँनेछ ।

तुला : आज पनि समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसँग रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुँन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धित सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । अध्ययनमा रुचि नजाँदा अरुभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ ।

वृश्चिक : आज पनि समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धित समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमिमो महसूस हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनु : आज पनि समय राम्रै रहने छैन । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मध्यान्हदेखि पुरानो रोग तथा समस्या स्वत: ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । पढाईलेखाईमा अरुभन्दा अग्रपंतिमा तपाईको नाम आउनेछ ।

मकर : आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा बृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने छन भने सवारी ्साधन प्राप्तिको योग छ । मध्यान्हपछि लामो दूरीको विदेश यात्राको तय हुनेछ भने खानपानमा ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धित समस्या आउन सक्छ ।

कुम्भ : आज पनि दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले काम बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउने तथा बढुवा हुँने योग रहेको छ ।

मीन : आज पनि समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुखि बनाउँनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ भने तपाईले शुरु गर्नुभएको काममा बाधा तथा अवरोध खडा गर्नेछन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

साइत : सूर्य तुला राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र पूर्वतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः०९ बजेदेखि ७ः३४ बजेसम्म चर बेला
बिहान ७ः३४ बजेदेखि ८ः५८ बजेसम्म लाभ बेला
बिहान ८ः५८ बजेदेखि १०ः२३ बजेसम्म अमृत बेला
बिहान १०ः२३ बजेदेखि ११ः४७ बजेसम्म काल बेला
मध्यान्ह ११ः४७ बजेदेखि १ः१२ बजेसम्म शुभ बेला
दिनमा १ः१२ बजेदेखि २ः३६ बजेसम्म रोग बेला
दिनमा २ः३६ बजेदेखि ४ः०१ बजेसम्म उद्धेग बेला
दिनमा ४ः०१ बजेदेखि ५ः२५ बजेसम्म चर बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः२५ बजेदेखि ७ः०१ बजेसम्म लाभ बेला
साँझ ७ः०१ बजेदेखि ८ः३६ बजेसम्म अमृत बेला
राति ८ः३६ बजेदेखि १०ः१२ बजेसम्म काल बेला
राति १०ः१२ बजेदेखि ११ः४७ बजेसम्म शुभ बेला
राति ११ः४७ बजेदेखि १ः२३ बजेसम्म रोग बेला
राति १ः२३ बजेदेखि २ः५९ बजेसम्म उद्धेग बेला
रातिमा २ः५९ बजेदेखि ४ः३४ बजेसम्म चर बेला
रातिमा ४ः३४ बजेदेखि ६ः१० बजेसम्म लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ