arrow

प्रतिभा माविका किरण सापकोटा ‘उत्कृष्ट प्राचार्य’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
kiran-sapkota-prativa-school.jpg

पोखरा । पोखरास्थित प्रतिभा माविका प्राचार्य किरण सापकोटा अष्ट्रेलियाको क्यानवेरामा उत्कृष्ट प्राचार्य अवार्डबाट सम्मानित भएका छन् ।

अष्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय अष्ट्रेलियन नेशनल युनिभर्सिटीमा अंग्रेजी म्यागेजिन कलेज रिडर्सले आयोजना गरेको कार्यक्रममा सापकोटालाई उत्कृष्ट प्राचार्यको अवार्ड प्रदान गरिएको हो ।

सापकोटाले तीन दशकदेखि शैक्षिक क्षेत्रमा योगदान दिएका छन् । शैक्षिक गुणस्तर सुधार, व्यवस्थापन, विद्यार्थीको क्षमता विकासमा अतिरिक्त क्रियाकलाप तथा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएकोमा सम्मान गरिएको हो ।

कलेज रिडर्सले आयोजना गरेको यो तेस्रो संस्करण हो । कलेज रिडर्सले यसअघि दुवई र जापानमा अवार्ड प्रदान गरेको थियो ।

नेपालको शैक्षिक क्षेत्रमा योगदान गरेका व्यक्तित्व र विद्यालयलाई कलेज रिडर्सले बर्सेनि पुरस्कृत गर्दै आएको छ ।

यसै अवसरमा प्रतिभा माविले काठमाडौँ उपत्यका बाहिरको उत्कृष्ट प्लस टूको अवार्ड पनि पाएको छ ।

उत्कृष्ट नतिजा र व्यवस्थापनमा अब्बलताका सूचकका आधारमा विश्वविद्यालयका प्राज्ञिक व्यक्ति संलग्न निर्णायक टिमको सिफारिसमा प्रतिभालाई सम्मान गरिएको थियो ।

‘सम्मान र अवार्डले पोखराको शैक्षिक क्षेत्र अझ उत्कृष्ट बनाउने जिम्मेवारी थपिएको प्राचार्य सापकोटाले बताए ।

वर्ष हात पारेको बोर्ड परीक्षाको उत्कृष्ट रिजल्ट र बोर्ड परीक्षापछि विभिन्न प्रवेश परीक्षामा हात पारेको उत्कृष्टताका आधारमा प्रतिभाले अवार्ड पाउन सफल उनले स्पष्ट पारे ।

प्रतिभाले यो वर्ष बिएससी नर्सिङतर्फ नेपालमै पहिलो र इन्जिनियिरङतर्फ तस्रो स्थान हात पारेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ