arrow

सहकारी पीडितले बचत रकम फिर्ता पाउनुपर्छ : पहारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
rajib-pahari-kaski.jpg

पोखरा । नेकपा(एमाले) का केन्द्रीय सदस्य एवं युवा संघ नेपालका इन्चार्ज राजीव पहारीले सहकारी पीडितले बचत रकम फिर्ता पाउनु पर्ने बताएका छन् ।

नेकपा एमाले पोखरा-१७ को विस्तारीत बैठकमा नेता पहारीले जनताले आफ्नाे रगत, पसिना खर्चेर संकलन गरेको रकम अपचन गर्नेलाई कानूनी दायरामा ल्याएर पीडितको बचत फिर्ता गर्न सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।

एमाले सहकारी पीडितको पक्षमा रहेको बताउँदै नेता पहारीले पार्टीप्रतिको घेराबन्दीलाई निस्तेज बनाउन संगठित भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

एमाले कास्की जिल्ला कमिटी उपाध्यक्ष भेषराज बरालले पछिल्लो समयमा सामाजिक सञ्जालले जनतामा भ्रम सृजना गरेको बताउँदै सत्यतथ्यमा आधारित सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याए ।

एमाले पोखरा १७ कार्यबाहक अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको बैठकमा पार्टी इन्चार्ज सुभास ढुंगाना, पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीलगायतले पार्टीका गतिविधिबारे चर्चा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ