arrow

न्यूजिल्याण्ड सामु भारतीय क्रिकेट टिम फेरि निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
ind-nz-24-10-25-afp-getty.jpg
तस्बिर – एएफपी, गेट्टि इमेजेज ।

काठमाडौँ । भारत विश्व टेष्ट क्रिकेट च्याम्पियनशिपको फाइनलमा पुग्ने सम्भावना कमजोर बनेको छ । न्यूजिल्याण्डविरुद्ध भइरहेको टेष्ट श्रृंखलामा कमजोर प्रदर्शन गरेसँगै भारतको सम्भावना कमजोर बन्न थालेको हो । 

अहिलेसम्म शीर्ष स्थानमा रहेको भारत न्यूजिल्याण्डसँग लगातार कमजोर प्रदर्शन गरेपछि वरीयता झर्ने पक्का भएको हो । 

पहिलो खेलमा इनिङ्स हार जोगाएको भारतले दोस्रो टेष्टमा पनि खराब प्रदर्शन गरेको छ । 

पुनेमा भइरहेको दोस्रो टेष्टको पहिलो इनिङ्स ब्याटिङ ध्वस्त भएसँगै न्यूजिल्याण्डले पकड बनाएको छ । 

न्यूजिल्याण्ड पहिलो इनिङ्समा २५९ रनमा समेटिएको थियो । डेभोन कन्वेले ७६ तथा रचिन रविन्द्रको ६५ रन बनाए । भारतका वासिंगटन सुन्दरले ७ तथा रविचन्द्रन आश्विनले ३ विकेट लिए । 

कम योगफलमा न्यूजिल्याण्डलाई रोकेपछि भारतले फराकिलो योगफल जोड्ने अपेक्षा गरिएको थियो । तर भारत भने ४५.३ ओभरमा अलआउट हुँदै १५६ रनमै अलआउट भयो । 

रविन्द्र जडेजाले सर्वाधिक ३८ रन बनाएको इनिङ्समा विराट कोहलीले १ तथा रोहित शर्माले शून्य रन जोडे । 

मिचेल सान्टनरले ७ विकेट लिए । त्यस्तै ग्लेन फिलिप्सले २ विकेट झारे । 
पहिलो इनिङ्समा भारत १०३ रनले पछि परेको छ । 

पहिलो खेलमा भारत कीर्तिमानी ४६ रनमै अलआउट भएपछि न्यूजिल्याण्ड ८ विकेटले विजयी भएको थियो । 

न्यूजिल्याण्ड तीन खेलको टेष्ट श्रृंखला खेल्न भारत आएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ