arrow

देउवाले थपे कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा दश सदस्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
congress-party-office-2081.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको संयोजकत्वमा रहेको कांग्रेस निर्माण व्यवसायी समन्वय विभागमा दश सदस्य थप गरिएको छ ।
      
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान,  २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा दश सदस्यलाई आज मनोनयन गरेका हुन् । 
      
मनोनितहरूमा रवि सिंह (काठमाडौँ), आङदोर्जे लामा शेर्पा (रामेछाप), गोमाया खण्डलु (चितवन), केशर बुढाथोकी (उदयपुर), हीरा भगत (धनुषा), रमेश शर्मा (काठमाडौँ), खिमप्रकाश मल्ल (स्याङ्जा), टेकबहादुर खड्का (बाँके), यमबहादुर बिसी (सुर्खेत) र प्रकाशबहादुर सेठ्ठी (कैलाली) रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ