arrow

अमेरिकामाथि स्कटल्याण्ड १० विकेटले विजयी, नेपालले आइतबार अमेरिकासँग खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १० शनिबार
scotland-usa-24-10-25.jpg

काठमाडौँ । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा स्कटल्याण्डले विजयी शुरुआत गरेको छ । गएराति सम्पन्न खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो ।

डालासमा भएको खेलमा घरेलु टोली अमेरिकाले दिएको १४५ रनको लक्ष्य स्कटल्याण्डले २४.५ ओभरमा कुनै विकेट नगुमाएर पूरा गरेको थियो ।

स्कटल्याण्डका लागि आन्द्रेउ उमिदले अविजित रहँदै ९८ रन बनाए भने चार्ली टियरले अविजित ४३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ३८.४ ओभरमा अल आउट हुँदै १४४ रन बनाएको थियो । अमेरिकाका लागि शाडली भान शाल्कविकले सर्वाधिक ५८ रन बनाए भने हर्मित सिंहले २२ रन बनाएका थिए । 

त्यस्तै स्कटल्याण्डका बलर ब्राड कुरीले ४ विकेट लिए भने ब्राण्डन म्याकमुलेनले ३, ब्राड ह्वीलले २ विकेट लिएका थिए ।

यो जितपछि स्कटल्याण्डको लिग २ मा ८ खेलमा ११ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै अमेरिकाको भने ९ खेलमा १२ अंक रहेको छ र दोस्रो स्थानमा छ ।

अब श्रृंखला अन्तर्गत आइतबार राति नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ