arrow

साततलेमा जिप दुर्घटना, दुईको मृत्यु, तीन गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १० शनिबार
accident-final.jpg

दाङ । सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका  छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो  । 

उनका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । जिपमा पाँच जना सवार थिए । जिपमा सवार तीन जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ