- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पाकिस्तानले इङल्याण्ड विरुद्धको टेस्ट श्रृंखला जितेको छ । तेस्रो तथा अन्तिम टेस्ट पाकिस्तानले ९ विकेटले जितेर श्रृंखलामा २–१ ले कब्जा जमाएको हो ।
इङल्याण्डले दिएको ३६ रनको लक्ष्य पाकिस्तानले १ विकेट गुमाएर ३.१ ओभरमै पूरा गरेको थियो ।
यस टेस्टमा पहिलो इनिंगमा इङ्गल्याण्डले २६७ रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिंगमा ३४४ रन बनाएको थियो । त्यसपछि इङ्गल्याण्डले दोस्रो इनिंगमा केवल ११२ रन बनाएर अल आउट भएपछि पाकिस्तानले ३६ रनको लक्ष्य पाएको थियो ।
यस श्रृंखलामा पाकिस्तानका साजिद खान प्लेयर अफ द सिरिज बनेका थिए । उनले यस श्रृंखलाका २ खेलमा १९ विकेट लिएका थिए ।
पाकिस्तानका चार दिग्गज खेलाडीलाई आउट गर्दैै पाकिस्तानले नयाँ खेलाडीलाई मौका दिएपछि घरेलु मैदानको हारको खडेरीमात्र टरेन श्रृंखलामाथि नै कब्जा जमायो ।
यो जितले पाकिस्तान विश्व टेष्ट च्याम्पियनशिपको सातौँ स्थानमा पुगेको छ भने छैटौँ स्थानको इङ्गल्याण्ड फाइनल होडबाट बाहिरिइसकेको छ ।