- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारत विश्व टेष्ट क्रिकेट च्याम्पियनशिपको फाइनलमा पुग्ने सम्भावना कमजोर बनेको छ । न्यूजिल्याण्डविरुद्ध लगातार दुई टेष्टमा हार बेहोरेर श्रृंखला गुमाएको भारतले यसअघि भएको अंक गुमाइसकेको छ ।
हारले भारतको फाइनल सम्भावना कमजोर बन्दा श्रीलंका, न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाको सम्भावना बलियो बनेको छ भने दोस्रो स्थानको अष्ट्रेलिया बलियो छ ।
भारतले १२ वर्षपछि घरेलु मैदानमा श्रृंखला हार बेहोरेको हो । तीन खेलको श्रृंखलामा भारत २–० ले पछि परेको छ ।
दोस्रो खेलमा न्यूजिल्याण्ड ११३ रनले विजयी भयो । यस टेस्टआ न्यूजिल्याण्डले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भारत २४५ रन बनाएर अल आउट भएको थियो ।
यसअघि न्यूजिल्याण्डले पहिलो इनिंगमा २५९ रन बनाएको थियो भने भारतले १५६ रन मात्र बनाएको थियो । त्यस्तै न्यूजिल्याण्डले दोस्रो इनिंगमा २५५ रन बनाएको थियो ।
भारत तेस्रो दिनमै पराजित भएको हो । रोहित शर्मा कप्तान भएपछि भारतको यो सबैभन्दा कमजोर प्रदर्शन हो । उनले पनि उल्लेखनीय रन बनाउन सकेनन् । यो खेलमा त झन् रोहितले पहिलो इनिङ्समा शून्य तथा दोस्रो इनिङ्समा ८ रन बनाए ।
तेस्रो तथा अन्तिम खेल आगामी शुक्रबार मुम्बईको वाङखडे स्टेडियममा हुने छ ।