arrow

त्रिकोणात्मक श्रृंखला खेल्ने नेपाली टिमको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १० शनिबार
nepal-2024-odi-.jpg

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका र स्कटल्याण्डविरुद्ध खेल्ने आईसीसी विश्वकप लिग–२ को श्रृंखलाका लागि टिमको घोषणा गरेको छ ।

क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ ।

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन् । 

नेपालले श्रृंखलाको पहिलो खेल आइतबार राति अमेरिकाविरुद्ध खेल्दै छ भने अक्टोबर २९ मा स्कटल्याण्डसँग, नोभेम्बर २ मा फेरि अमेरिकासँग र नोभेम्बर ४ मा फेरि स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ