- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दैलेख । कर्णाली प्रदेशको दैलेखको दुल्लु र नौमुले गाउँपालिकामा यतिखेर धान लहलह झुलेको छ। दैलेखको लोहोरे खोलाको छेउँमा लहलह झुलेका धानका फाँट निकै मनमोहक देखिएका छन् ।
यतिबेला किसानहरु कतै धान काट्न त कतै धान् चुट्न व्यस्त देखिन्छन् । दैलेखमा कृषिजन्य वस्तुको उत्पादन प्रत्येक वर्ष घट्दै गएको नौमुले गाउँपालिकाका स्थानीय भुपालबहादुर थापा बताउँछन् ।
पछिल्ला वर्षमा खेती गर्ने मान्छेको कमी हुँदै जानु, बसाइँसराइ, युवापुस्ता कामको खोजीमा विदेशिनुले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।
पछिल्ला वर्षमा रैथाने बालीको उत्पादनमासमेत कमी आएको छ । दैलेखमा सुन्तला, कागती पनि प्रमुख खेतीको रुपमा रहेको छ।
कर्णालीलाई सबैभन्दा विकट प्रदेशका रुपमा पनि लिइन्छ । तर त्यहाँको खेतीलाई प्राथमिकता दिनेहरु घट्दै गएका छन् । आधुनिक प्रविधिको पनि समस्या रहेको छ ।