arrow

नेप्सेको गिरावट कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से ९ अंकले घटेको छ । आज नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा बन्द भएको छ ।

आज कुल ३२० कम्पनीका एक करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी लाइफ इन्सुरेन्स कर्पोरेसन, रिभर फल्स पावर र माइ खोला हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी एसबीआई बैंकको शेयर मूल्य ६.७९ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको ३२ करोड ६४ लाख ८५ हजार बराबरको कारोबार भएको छ भने कुमारी बैंकको प्रमोटर शेयरसबै भन्दा बढी ६ लाख ६३ हजार ४४३ कित्ता शेयर कारोबार भएको छ ।

गत साता पनि ऋणात्मक रहेको थियो शेयर कारोबार ।



नयाँ